सचिव सरुवामा दक्षता र विषयविज्ञतालाई स्थान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सचिव सरुवामा दक्षता र विषयविज्ञतालाई स्थान


प्रशासन विशेष ब्युरो

२४ चैत्र २०७४, शनिबार


काठमाडौं । सरकारले सचिव सरुवामा विज्ञतालाई स्थान दिइएको बताएको छ ।

यस अघिका सरुवामा जसको पावर पुग्छ उसैले ठाउँ हडप्ने गरेकामा यस पटक विज्ञताका आधारमा सरुवा गरिएको जनाइएको छ ।

यसरी पठाइएकाहरुमा गृह मन्त्रालय, अख्तियार, शिक्षा, अर्थ, वन, कृषि, भौतिक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, खानेपानी, सूचना तथा सञ्चारलगायत मन्त्रालयमा सम्बन्धित विषयका विज्ञ सचिवहरु पठाइएको नेपाल सरकारका प्रवक्ता तथा संचार राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन् ।

ठूलो लटमा सचिवको सरुवा गर्दा अधिकाँसलाई विषय विज्ञताको आधारमा सरुवा गरिएको भएपनि केही वरिष्ठ सचिवलाई भने पाखा लागेका छन् । वरिष्ठमध्येका सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद कार्यालय र अर्थसचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस