९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छोरी हत्याको अभियोगमा बुवा जेल चलान

अ+ अ-

महेन्द्रनगर । आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

आफ्नै छोरी १९ वर्षीया स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको अभियोगमा पक्राउ परेका धनुषा शहीदनगर नगरपालिका–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

त्यस्तै स्नेहाको शव जलाउन सहयोग गरेको अभियोगमा पक्राउ परेका अर्का विदेह नगरपालिका गिद्धाबेलापट्टिका ४६ वर्षीय राधेश्याम यादवलाई पनि पुर्पक्षका लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार काठमाडौंस्थित नासा कलेजमा कक्षा १२ मा अध्ययनरत् स्नेहाले आफूले रोजेको केटासँग बिहे गर्ने जिद्दी गरेका कारण बाबु दिलीपले फागुन ८ उनलाई जनकपुर ल्याई कुटपिट गरेर हत्या गरी शव जलाएको बुझिएको छ ।

काठमाडौंको एक युवकसँग प्रेम गरिरहेको थाहा पाएपछि प्रतिष्ठा बचाउने नाममा बुबा दिलीपले आक्रोशमा छोरीलाई काठमाडौंबाट बोलाई जनकपुर उपमहानगरपालिका–२ वकिल टोलस्थित रहेको डेरामा चरम यातना दिई हत्या गरेको प्रहरीले जनाएको छ ।

सो घटना फागुन ८ गते साँझ भए पनि स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार अनुसंन्धान गर्दै जाँदा हत्या नै भएको तथ्य फेला पर्न थालेपछि फरार अभियुक्त बुवा दिलीपलाई गत फागुन २६ गते पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

फागुन ८ गते राति छोरीलाई कुटपिट गर्ने क्रममा स्नेहाको हत्या भएको बुझिन आएको छ । त्यसको अर्को दिन छोरीको शव घरमै राखेर साँझपख आफ्ना केही साथीहरुको सहयोगमा एम्बुलेन्स बोलाएर छोरी बिरामी भएको भन्दै उपचारका लागि भारतको दरभंगा लग्न लगेको भनी हिँडेका थिए ।

एम्बुलेन्स चालकका अनुसार आफूलाई मृत छोरीको अन्त्येष्टि गर्न गाउँ लग्न लागेको भनी दिलीपले भनेपछि पहिला सामान्य रुपमा हिँडेको थिए । तर तिनकौरिया चोकमा पुगेर दिलीप र उनका साथीहरु खाजा खाने भन्दै रक्सी पसलमा पसेपछि आफूलाई शंका लागेको एम्बुलेन्स चालकले प्रहरीलाई बयानमा बताएका छन् ।

शव जलाइएको स्थानसम्म दिलीपले एम्बुलेन्स लगेका थिएनन् उनले चालकलाई गाउँको मुखमै रोकेर त्यहाँबाट शवलाई काँधमा बोकेर शहीदनगर नगरपालिका–७ नेमुवाटोलस्थित नहर छेउमा जलाएका थिए । शव जलेपछि बचेको अस्तुलाई दिलीपले नहरमा बगाएका थिए । तर एउटा ठूलो हड्डी घटनास्थलबाट बरामद भएको प्रहरीले जनाएको छ ।

स्नेहाको हत्यामा संलग्न अन्य १० जना आरोपी फरार रहेका छन् । पक्राउ परेका राधेश्याम विदेह नगरपालिका–६ स्थित जनता उच्चमावि गिद्धाबेलापट्टिका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् भने बुबा दिलीप यादव नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रमा दोस्रो तह सहायक पदका कर्मचारी हुन् ।

स्नेहाको हत्यामा संलग्न अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस