२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असिनापानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

अ+ अ-

भक्तपुर । हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ ।

बुधबार अपराह्न चाँगुनारायण नगरपालिका क्षेत्रमा हावाहुरीसँगै आएको असिना पानीले लाखौँ रुपैयाँ बराबरको तराकारी खेती, गहुँ बाली र आलु खेती नष्ट गरेको हो ।

असिना पानीले चाँगुनारायण नगरपालिकाको दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथलीमा लगाएको काउली, बन्दाकोपी, आलु, प्याज, लसुन, सिमी, बोडी, फर्सी, काक्रो, घिरौलालगायत नगदेबाली क्षति पुर्याएको किसानले बताएका छन् ।
ताथलीका कृषक सुभद्रा बस्नेतले यहाँ लगाएको आलु र गहुँ कामै नलाग्ने गरी असिना पानीले नष्ट गरेको गुनासो गरे । झौखेलका रामसुन्दर श्रेष्ठले यहाँका किसानले वर्षौंदेखि खेती गर्दै आएको नगदेबालीका रुपमा लगाइएको सिमी, बोडी, फर्सी, काक्रो, घिरौंला, काउली कामै नलाग्ने असिनाले नष्ट गरेको बताए ।
असिनाले नगदे बाली र अन्न बाली नष्ट गरेपछि सम्बद्ध कृषकले क्षतिपूर्ति माग गरेका छन् । अधिकांश किसानले असिनाले लाखौँको रुपैयाँको तरकारी नष्ट गरेको भन्दै किसानलाई राहत दिन र ऋण तिर्न सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् ।

जिल्ला कृषि विकास कार्यालयकी प्रमुख पूर्णा ढुंगानाले असिना पानीले तरकारी र अन्न बालीमा धेरै क्षति पुर्यायो भन्ने जानकारी आए पनि कहाँ कति कति क्षति भयो भन्ने विवरण संकलन नगरेसम्म भन्न नसकिने बताइन् ।
कृषि विकास कार्यालयको भन्दा पनि अब नगरपालिकाले क्षतिको विवरण संकलन गर्ने र किसानलाई क्षतिपूर्ति दिने काम गर्नुपर्ने बताउँदै उनले नगरपालिकामा कृषि कार्यालयको जिम्मेवारी गइसकेको अवस्थामा नगरपालिकाले क्षतिको विवरण संकलन र व्यवस्थापनको काम गर्नुपर्ने बताइन् । रासस

प्रतिक्रिया दिनुहोस