१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभेद हटाउन सहभोज गराउँदै स्थानीय सरकार

अ+ अ-

दैलेख । हिमालय आधारभूत विद्यालय, तीजडाँडामा दलित भान्सेले पकाएको विद्यालयको दिवा खाजा नखाने भनी गत महिना उत्पन्न विवाद सहभोजपछि समाधान भएको छ ।

विवाद समाधान भएपछि पनि अझै केही बालबालिकाले दिवा भोज नखाएको भन्ने गुनासो आएपछि स्थानीय सरकारले विभेद हटाउनका लागि वडाध्यक्ष रंग तामाङको नेतृत्वमा सहभोजको आयोजना गरेको थियो । प्रजिअ विश्वराज न्यौपाने सहभोजका लागि स्थानीय तह, जिल्ला समन्वय समिति, विद्यालयका शिक्षक र अभिभावक तथा जिल्लास्तरमा रहेका अधिकारकर्मी सहितको टोली लिएर विद्यालयमा पुगेका थिए ।

विद्यालयमा सबै मिलेर भोजन तयार पारेर सबैले संयुक्त रुपमा भोजन ग्रहण गरे । विवाद भएको विद्यालय (चामुण्डाको तीजडाँडास्ती) मा औपचारिक कार्यक्रम पनि सम्पन्न भयो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जातीय विभेद हटाउन र व्यावहारिक परिवर्तनका लागि सहभोज आयोजना गरिएको बताउदै कानूनले दण्डित गरेका विषयबारे नागरिकले बुझ्नुपर्ने र विभेद गर्न नहुने सुझाव दिए । जिससका उपप्रमुख लक्ष्मीकुमारी शाहले सभ्य नागरिकको बसोवास भएका ठाउँमा जातीय विभेद, छाउपडीप्रथा लगायत समस्या हुनु दुःखदायी घटना भएको बताए ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले छाउपडीप्रथा, बालविवाह जस्तै नगर क्षेत्रमा जातीय विभेद समस्या पनि रहेको अवस्थामा यस्ता विकृति रोक्न समुदायको अग्रसरता जरुरी रहेकामा जोड दिए ।

प्रजिअ न्यौपानेले विभेद गर्ने अभिभावक वा जो कोहीलाई कारबाही हुने चेतावनी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर तारामीले व्यवहारमै परिवर्तन गर्नुपर्ने कतिपय कुरीति र कुसंस्कारका लागि अझै गाउँगाउँमा बहस र पैरवी हुनुपर्ने बताउँदै जनप्रतिनिधि र अधिकारकर्मीले यसबारे जनचेतना अभियान फैलाउन योजना निर्माण गरेर लाग्नुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस