३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जबर्जस्ती कर्मचारी खटाउन लागेको भन्दै खारेजीको माग

अ+ अ-

काठमाडौँ,रास । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले माग नै नगरी जबर्जस्ती नेपाल सरकारका कर्मचारी खटाउने व्यवस्था गरेको भन्दै स्थानीय तह कर्मचारी संघ नेपालले ध्यानाकर्षण गराएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८९ मा स्थानीय तहले माग नै नगरी आफ्नै पर्याप्त कर्मचारी भइरहेको स्थानीय तहमा समेत जबर्जस्ती नेपाल सरकारका कर्मचारी खटाउने व्यवस्था गरेको भन्दै ध्यानाकर्षण गराइएको संघका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए।

सरकारले स्थानीय तहमा तत्काल आवश्यक पर्ने दरबन्दी कायम गर्ने सम्बन्धमा गत चैत १३ गते सरकारले नेपाल सरकार निजामती सेवालगायतका अन्य सेवाबाट स्थानीय तहमा कर्मचारीले कर्मचारी पठाउने निर्णय गरेको थियो ।

श्रेष्ठले प्रश्न गर्नुभयो, काठमाडौँ महानगरपालिकामा हाल कार्यरत स्थायी कर्मचारी १ हजार ७ सय ५२ हुँदाहुँदै ३ सय ६५ जनाको दरबन्दी तेरिज पारित गर्दासमेत नेपाल सरकारका प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारी किन खटाइएको हो ?

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८६ को २ उपदफा (१) मा तहगत प्रणाली लागू हुने व्यवस्था रहेको, साथै अन्तिम संगठन संरचना सम्बन्धित स्थानीय तहले पारित गरेपछि मात्र यकिन हुने व्यवस्थालाई बेवास्ता गरिएको संघको आरोप छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलगायतका पदमा निजामती मात्रको व्यवस्था गरिएकोमा स्थानीय तहमा हाल उक्त पदमा स्थानीय तहका कर्मचारी कार्यरत रहेका र कार्य गर्न योग्यता भएका कर्मचारी हुँदाहुँदै नेपाल सरकारबाट कर्मचारी पठाउनु स्वीकार गर्न सकिने छैन ।

माग विपरीत आएको दरबन्दी तेरिज हामी स्थानीय तहमा कार्यरत सबै कर्मचारी, पेशागत संघ, संगठनलाई मान्य नभएकाले खारेज गर्नुपर्ने पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस