३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध कलेजमा पाँच वर्षदेखि नर्सिङ पढाइ

अ+ अ-

काठमाडौं । चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ।

पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो। कलेजले चारबर्से बीएससी नर्सिङ र तीनबर्र्से बिएन विषयको पठनपाठन गर्दै आएको छ।

नर्सिङ शिक्षण संस्था सञ्चालन गर्न नेपाल नर्सिङ परिषद्बाट मान्यता लिनुपर्ने कानुनी व्यवस्था छ। तर, कलेजले मान्यता नै नपाएको काउन्सिलका रजिस्ट्रार लक्ष्मी राईले खुलाइन्।

उक्त कलेजबाट चारबर्से बीएससी नर्सिङ अध्ययन पूरा गरी नाम दर्ता परीक्षामा सामेल हुन दुई विद्यार्थीले अनलाइनबाट फर्म भरेपछि अवैध भएको खुलेको हो। काउन्सिलले बीएससी नर्सिङ गरेका शोभा अर्याल र तनुजा श्रेष्ठलाई कलेज अवैध भएको जनाउँदै परीक्षामा सामेल गर्न रोकेको छ। रजिस्ट्रार राईले प्रश्न गरिन्, ‘मान्यता नै नदिएको कलेजबाट पढेकालाई कसरी परीक्षामा सामेल गराउने ? ’

परीक्षामा सामेल हुन नपाएकोमा विद्यार्थीद्वयले उच्च अदालत पाटनमा मुद्दा दायरसमेत गरेका थिए। अदालतले परीक्षामा सामेल गराउन अन्तरिम आदेश दिए पनि मान्यता नै नपाएको कलेजमा अध्ययन गरेका विद्यार्थीलाई प्रवेश परीक्षामा सामेल गराउनु न्यायोचित नहुने ठहर परिषद्को बोर्ड बैठकले गरेको थियो।

परिषद् ऐन, २०५२ को दफा ९ अनुसार शिक्षण संस्थालाई मान्यता दिने अधिकार काउन्सिललाई रहेको छ।

पूर्वाञ्चल विश्वविद्यालयको मिलेमतो

शिक्षण संस्था सञ्चालन गर्न स्वीकृति दिनुपूर्व सम्बन्धित निकायले नर्सिङ परिषद्सँग परामर्श माग गर्नुपर्ने कानुनी व्यवस्था छ। सम्बन्धित शिक्षण संस्थाले आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा गरे÷नगरेको जाँचबुझ गरी परिषद्ले परामर्श दिनुपर्छ।

परिषद्को परामर्शको आधारमा मात्र सम्बन्धित निकायले शिक्षण संस्था स्थापना र सञ्चालन गर्ने स्वीकृति दिने वा नदिने सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ।

काउन्सिलले पूर्वाधार नपुगेको भन्दै परामर्श दिए पनि सम्बन्धन दिएको पूर्वाञ्चल विश्वविद्यालयले बेवास्ता गर्दै आएको छ।

काउन्सिलकी रजिस्ट्रार राईले विश्वविद्यालयका उपकुलपतिलाई भेट्न जाँदा ‘रेस्पोन्स’ नगरेको बताइन्।

परिषद्की अध्यक्ष गोमादेवी निरौला श्रेष्ठ र रजिस्ट्रार राईले उपकुलपतिलाई मौखिक रूपमा जानकारी दिँदासमेत बेवास्ता गरेको स्रोतको दाबी छ। उपकुलपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘परिषद्ले के गर्न सक्छ गरोस्। विश्वविद्यालयले आफूले चाहेको गर्छ।’

शिक्षण संस्था स्थापना र सञ्चालन स्वीकृति दिइएको अवस्थामा यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने व्यवस्था छ। तर, उक्त कलेजको भने नर्सिङ परिषद्को सूचीमा समेत छैन।

विश्वविद्यालयले ०६९÷७० को शैक्षिक शत्रबाट अध्यापन गराउँदा परिषद्ले तोकेको मापदण्ड अनिवार्य पूरा गर्नु पर्नेछ भनी सर्तसहित पाँच वर्षअघि अस्थायी सम्बन्धन लिएको खुलेको छ। विश्वविद्यालयले ०६९ मंसिर ६ गते सम्बन्धन दिएको थियो।

तर, कलेजले मापदण्ड नै नपुर्‍याई २०७० पुस १७ गते गोरखापत्रमा विद्यार्थी भर्नाको सूचना प्रकाशन गरेको थियो। त्यसलगत्तै परिषद्ले विश्वविद्यालयलाई पत्राचार गरी विद्यार्थीको नाम दर्ता परीक्षामा सामेल नगराउने जानकारी गराएको रजिस्ट्रार राईले बताइन्।

उक्त पत्राचारको बोधार्थ कलेजलाई समेत गराइएको थियो।

परिषद्की अध्यक्ष गोमादेवी निरौला श्रेष्ठ मापदण्ड नै पूरा नगरेको कलेजलाई खुरुखुरु भर्ना गर्न दिएर विश्वविद्यालयले गल्ती गरेको बताउँछिन्। उनी भन्छिन्, ‘मापदण्ड नपुगेको कलेज हो भन्ने जानकारी पटक–पटक पत्राचार गरेर विश्वविद्यालयलाई दिएका छौं। तैपनि, खुरुखुरु विद्यार्थी भर्ना गर्न दिएर विश्वविद्यालयले गद्दारी गरेको छ।’

विद्यार्थीको भविष्य अन्योलमा

कलेजले बीएससी र बीएन अध्ययनरत विद्यार्थीबाट लाखौं रकम असुल गरिरहेको छ। तर, अनुगमनमा गएका बेला अस्पताल, बिरामी केही पनि नभेटिएको परिषद्की अध्यक्ष निरौलाले बताइन्। उनी भन्छिन्, ‘आवश्यक पूर्वाधार नै छैन। विश्वविद्यालयको आडमा विद्यार्थी भर्ना गरेको देखिन्छ।’

चारबर्से बीएससी नर्सिङ गरेका शोभा अर्याल र तनुजा श्रेष्ठ तनावमा छन्। परिषद्ले लाइसेन्सिङ परीक्षामा समेत सामेल नगरेपछि अदालत पुगेका विद्यार्थीद्वयको मुद्दाको टुंगो लागिसकेको छैन। परिषद् अध्यक्ष निरौला भन्छिन्, ‘अध्ययन गरिरहेका अन्य विद्यार्थीको पनि भविष्य अनिश्चित छ।’ अहिले कलेजमा नर्सिङका ७० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

मिडियासँग नबोल्नू

ओएसिसको प्रकरण सम्बन्धमा फाइल अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न दयालक्ष्मी वैद्यको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाइएको थियो। समितिकी सदस्य एवं परिषद्की पूर्वअध्यक्ष तारा पोखरेलले विश्वविद्यालयले गम्भीर त्रुटि गरेको बताइन्। उनले भनिन्, ‘कलेजले अटेरी गरेको देखियो। विश्वविद्यालय पनि दोषी छ। नर्सिङ परिषद्को भूमिकामाथि नै नजरअन्दाज गरियो।’

कलेजकी प्रिन्सिपल रिती आनन्द कामतले मिडियासँग धेरै नबोल्ने बताइन्। उनले भनिन्, ‘मलाई केही थाहा छैन, सञ्चालकहरू काठमाडौं जानुभएको छ।’ आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस