१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिराको मूल्यमा बेच्ने, हिराको मूल्य तिरेर किन्ने नीति अन्त्य हुनुपर्छ – मन्त्री बस्नेत

अ+ अ-

काठमाडौं  । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताए ।

मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने – ‘मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने खालका कार्यक्रम अघि बढाउने नीति सरकारले ल्याउँछ ।’

मन्त्री बस्नेतले वन तथा वातावरणलाई विकासको बाधक होइन, समृद्धिको आधार बनाउने नीति ल्याउने बताउँदै ‘वन क्षेत्रको बहुआयामिक उपयोगको सम्भावना नीतिलाई अघि बढाइनेछ भने ।

‘वन पैदवार जिराको मूल्यमा बेच्ने, हिराको मूल्यमा खरिद गर्ने नीति अन्त्य गरिनेछ,’ उनले भने – ‘वातावरण संरक्षणमा प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकता दिइनेछ ।’

मन्त्री बस्नेतले बारीमा रुख लगाउन प्रोत्साहन अनि कटान गर्ने बेलामा अनेकौ झन्झट दिलाउने हाम्रा कानून व्यावहारिक छैनन् भन्दै वन क्षेत्रको सदुपयोग र संरक्षणको नीति ठीक ढंगबाट हुनुपर्दछ भने ।

नीति, कानून र सरकारको काम गर्ने शैलीमा तालमेल भएमा वन क्षेत्र मुलुकको रोजगारी र समृद्धिको मार्ग प्रशस्त गर्ने बताउँदै उनले जलवायु परिवर्तनभन्दा वातावरण संरक्षणको मुद्दा हाम्रो प्राथमिकीकरणको क्षेत्र रहेको धारणा व्यक्त गरे ।रासस

प्रतिक्रिया दिनुहोस