सिंहदरबारमा भएको ‘रेट्रो फिटिङ’ मा प्रधानमन्त्रीको असन्तुष्टि, चलखेलको आशंका « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरबारमा भएको ‘रेट्रो फिटिङ’ मा प्रधानमन्त्रीको असन्तुष्टि, चलखेलको आशंका


प्रशासन विशेष ब्युरो

१९ चैत्र २०७४, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा भएको ‘रेट्रो फिटिङ’मा असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद् बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्रीले सिंहदरबार विश्व विद्यालयमा पढेर आएर अभ्यास गर्ने ठाउँ नभएको बताए ।

‘रेट्रो फिटिङका नाममा त्यहाँ के भइरहेछ म आफैं हेर्न चाहन्छु । त्यहाँ नहुनु पर्ने काम भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विश्व विद्यालय पढेर आएर सिंहदरबार अभ्यास गर्ने थलो होइन ।’

ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा सुरु गरेको म बनाउँछु मेरो धरहरा कार्यक्रम अलपत्र परेको भन्दै त्यसलाई निरन्तरता दिइने प्रधानमन्त्री बताए ।

आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तीव्र गतिमा अघि बढाउन प्रधानमन्त्रीले निर्देशन दिए ।

प्राधिकरणको कामको प्रगतिमा आफू सन्तुष्ट हुन नसकेको उनले बताए । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि प्राधिकरणको प्रगति विवरण सुनेका थिए । ‘निर्माणको काम धिमा गतिमा भयो,’ प्रधानमन्त्रीले भने, ‘यसलाई गति दिनुपर्छ ।’ उनले मापदण्ड भन्दै आफैंले घर बनाएकालाई लाभग्राहीको सूचीमा नराखेकोमा पनि असन्तुष्टि जनाउँदै कानुन संशोधन गरेर समेट्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस