३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यसचिव रेग्मी भन्छन्ः मन्त्रिपरिषद्को निर्णय वेबसाइटमा छैन भने निर्णय भएको छैन

अ+ अ-

मन्त्रिपरिषद्बाट भएका सबै निर्णय सरकारको वेबसाइटमार्फत सार्वजनिक गरिन्छ । भूकम्पपीडितका बारेमा निर्णय भएको हो भने त्यो पनि वेबसाइटमै हुन्छ, त्यहीँ हेर्नुस् । त्यहाँ छैन भने कुनै निर्णय भएको छैन भन्ने बुझ्नुस् । त्यतिखेरका सबै निर्णय अहिले मलाई कण्ठ छैनन् । तर, निर्णय भए–नभएको आधिकारिक जानकारी वेबसाइटमै पाइन्छ ।

माइन्युट भएकै छैन

१० माघ ०७४ मा बसेको मन्त्रिपरिषद् बैठकपछि भूकम्पपीडितलाई थप एक लाख अनुदान दिने निर्णय गरेको तत्कालीन सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताएका थिए । तर, मन्त्रिपरिषद् बैठकको माइन्युटमा यो विषय उल्लेख नै छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट www.opmcm.np लउ मा यो निर्णय कतै उल्लेख छैन । त्यो दिन अन्य विषयका ३७ निर्णय भएका छन् ।

तत्कालीन सञ्चारमन्त्रीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै १० माघमा यसो भनेका थिए:

आजको मन्त्रिपरिषद्ले केही निर्णय गरेको छ । वृद्धभत्ता पाउने उमेर फ्ल्याटमा ७० वर्ष राखिएकोमा त्यसलाई घटाएर ६५ वर्ष कायम गरिएको छ । दलितहरूको हकमा पहिल्यै ६० वर्ष कायम गरिएको छ । महिला र पुरुष दुवैले अब ६५ वर्षबाट वृद्धभत्ता पाउनेछन् । भूकम्पपीडित र बाढीपीडितको हकमा चाहिँ अहिले दिइसकिएको राहतमा थप १ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ । भूकम्पपीडितले ३ लाख अनुदान पाउने भनिएकोमा अब ४ लाख पाउनेछन् ।

मलाई निर्णय भएजस्तो लाग्दैन स् युवराज भुसाल, सिइओ पुनर्निर्माण प्राधिकरण

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडितलाई थप अनुदान दिने निर्णय गरेको मैले पनि मिडियाबाट सुनेको हुँ, तर मन्त्रिपरिषद्ले निर्णय नै गरेको होलाजस्तो मलाई लाग्दैन, प्रधानमन्त्री कार्यालयबाट अहिलेसम्म यस सम्बन्धमा प्राधिकरणलाई कुनै निर्देशन आएको छैन ।

‘छलफल भएको हो, निर्णय होइन’

देउवा सरकारका एक वरिष्ठ मन्त्रीका अनुसार १० माघको मन्त्रिपरिषद् बैठकमा भूकम्पपीडितको अनुदान बढाउनेबारे छलफल भएको हो, निर्णय भएको होइन । छलफल चलेकै विषयलाई सञ्चारमन्त्रीले निर्णय भएको भन्दै मिडियालाई सूचना दिए । ‘पब्लिक सेन्टिमेन्ट’ तान्ने विषय भएका कारण त्यसको प्रतिरोध कसैले गरेनन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस