७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारभित्रको विकृति अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कारागारभित्रका विकृति र विसंगतिलाई हटाउन निर्देशन दिएका छन् ।

आइतबार कारागार व्यवस्थापन विभागको निरीक्षणपछि विभागका कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले कारागार सुधारमा उपलब्धि र परिणाम निस्कने गरी काम गर्न निर्देशन दिए ।

कारागारभित्र विभिन्न किसिमका विकृति र विसंगति रहेकाबारे आफू जानकार रहेको भन्दै त्यो सच्याउन उनले निर्देशन दिए । उनले भने, ‘केही कैदीलाई कारागारबाट राति ठमेलको दोहोरी साँझमा लैजानेदेखि घुमाउन विभिन्न ठाउँसम्म लैजाने गरेकोसम्म ‘रिपोर्ट’ आएको छ, त्यस्तो कार्यमा संलग्नलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुहोस् ।’

जेलरसँगको मिलेमतोमा जेलभित्रका केही चौकीदार, नाइके, भाई नाइकेले अन्य बन्दीलाई दुःख दिने गरेको गुनासो सुनिएको भन्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई तत्काल जेल सरुवा गरी त्यसको जानकारी मन्त्रालयलाई दिन उनले निर्देशन दिए ।

कारागारलाई यातना गृहका रुपमा नभई सुधार गृहका रुपमा विकास गर्न आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ छ । अपराधी कारागारमा आएपछि असल नागरिकका रुपमा रुपान्तरण भएर जाउन् भनेर ध्यान दिन आवश्यक छ ।

आफूले कारागार सुधारलाई प्राथमिकता दिएर काम गरेको भन्दै कैदीको सिदाबापतको रकम बढाउनेदेखि निर्माणाधीन कारागारलाई छिटो निर्माण सम्पन्न गर्नेसम्मको कामलाई मन्त्रालयले अघि बढाएको मन्त्री थापाले जानकारी दिए ।

विभागका निर्देशक कृष्णप्रसाद आचार्यले कारागार सुधारसम्बन्धी कार्ययोजनाको खाका प्रस्तुत गरेका थिए ।

गत हप्ता विभिन्न कारागारको निरीक्षणलगत्तै गृहमन्त्री थापाले कारागार सुधार योजना एक हप्ताभित्र तयार पार्न निर्देशन दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस