केन्द्र र प्रदेशमा ७१ मन्त्री, अझै १७ थपिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

केन्द्र र प्रदेशमा ७१ मन्त्री, अझै १७ थपिँदै


प्रशासन विशेष ब्युरो

१८ चैत्र २०७४, आइतबार


केन्द्र र प्रदेशमा गरी देशमा ६ दर्जन मन्त्री नियुक्त भइसकेका छन् । अझै कम्तीमा १७ मन्त्री थपिँदै छन् । नेताको व्यवस्थापन गर्न सरकारी सेवा–सुविधा पाउने संसदीय समिति बढाउने योजनामा पनि दलहरू छन् ।

संविधानको व्यवस्थाअनुसार केन्द्र सरकारको मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुनेछ । प्रधानमन्त्रीसहित २२ सदस्य नियुक्त भइसकेका छन् । प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि तीन मन्त्री थप्ने तयारी छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउन ओलीले पहल गरिरहेका छन् ।

सबै प्रदेश सरकारले पनि पूर्णता पाएका छैनन् । सात प्रदेशमा अहिलेसम्म ४९ मन्त्री नियुक्त भइसकेका छन् । १४ मन्त्री अझै थपिँदै छन् । केन्द्र र प्रदेश गरी हालसम्म ७१ मन्त्री नियुक्त भइसकेका छन् ।

सरकारमा समेट्न नसकेका नेताहरूको व्यवस्थापनका लागि धेरै संसदीय समिति बनाउने सत्तारुढ दलहरूको योजना छ । संघिय संसद्मा १४ र सात वटै प्रदेश सभाका गरि ३५ संसदीय समिति बनाउने तयारी छ । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ समिति बनाउने तयारी सुरु भएको छ । यसका लागि दुवै सभाका नियमावली मस्यौदा समितिले छलफल अघि बढाएका छन् । संसदीय समितिका सभापतिले राज्यमन्त्रीसरह सुविधा पाउने व्यवस्था छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस