३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मजाक बढी भएको भन्दै विप्लवलाई प्रधानमन्त्रीको चेतावनी

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई मजाक बन्द गर्न चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लवको २० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफू र प्रचण्डको नाममा वारेन्ट जारी गरेर केटाकेटीको खेल खेलेको भन्दै उक्त चेतावनी दिएका हुन् ।

‘केपी ओलीलाई वारेन्ट जारी अरे । कुन्नी कुन गाउँमा सात दिनभित्र हाजिर हुन आउनू रे’ प्रधानमन्त्री ओलीले भने, ‘म विप्लवलाई यसप्रकारका राजनीतिक मजाकहरु नगर्न सुझाव दिन चाहन्छु ।’ यो अलि ‘अलि बढ्ता भो क्या ।’ उनले भने ।

चन्दा उठाउनका लागि सिद्धान्त र क्रान्तिका गफ दिने ? भन्दै प्रधानमन्त्री ओलीले भने –सुतली बम सिद्धान्त हुन्छ ?’ आक्रोशित मुद्रामा देखिएको ओलीले ठट्टा मजाक गर्ने भए मदनकृष्ण हरिवंशजीहरु सँग आए हुन्छ । म पनि सिफरिस गरिदिन्छु । धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला, भने ।

केही दिन अघि आफ्ना कार्यकर्ता पक्राउ गरिएको बिरोधमा विप्लव नेतृत्वको माओवादीले १५ दिनभित्र जनअदालतमा उपस्थित हुन प्रधानमन्त्री ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध जारी वारेन्टपछि प्रधानमन्त्रीले त्यसको जवाफ फर्काएका हुन् ।

विप्लब गतिबिधिलाई च्याखेको संज्ञा दिँदै ओलीले हिजोको खाल उठिसकेकोले यस्ता क्रियाकलाप बन्द गर्न चेतावनी दिए । देश टुक्र्याउने कुरा सह्य हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले भने –’नेपालीलाई नेपाली भएर बाँच्न दिन दिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस