३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवित देवताको गोप्य भविष्यवाणी हुँदै !

अ+ अ-

नुवाकोट (रासस) यहाँ ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ ।

जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी(धामी) हरिमानसिंह डंगोल र उनकी जीवनसंगिनी (धमिनी)लाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ भनी गोप्य भविष्यवाणी गर्ने धार्मिक एवं सांस्कृतिक परम्परानुसार शुक्रबारदेखि जात्रा शुरु भएको हो ।

स्थानीयवासीको सहयोगमा नेपाली सेना श्रीनाथ गण देवीघाटले शुक्रबार राति बूढीदेवीको स्थल र भैरवीदेवी मन्दिर परिसरमा लिंगो उठाएको छ । ‘भैरवी वर्षबन्धन’ अन्तर्गत लिंगो उठाइएसँगै विदुर नगरपालिका–२ मा अवस्थित भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको टोली आज अपराह्न विदुर–५ देवीघाटस्थित जालपादेवी मन्दिरमा प्रस्थान गर्ने नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।

“भैरवीदेवी मन्दिर र देवीघाटमा रहेको जालपादेवी मन्दिरलाई दिदीबहिनीबीचको सम्बन्धका रुपमा हरेक वर्ष यो अवसरमा भेट गराइन्छ”, शाहीले भने “जीवित देवताका रुपमा पुजिने धामीले आगामी वर्ष राष्ट्रमा के हुन्छ भन्ने गोप्य भविष्यवाणी गर्ने र त्यो राष्ट्रप्रमुखसमक्ष पठाइने भएकाले यसको राष्ट्रिय महत्व छ ।”

फागुपूर्णिमादेखि शुरु भएर वैशाख शुक्ल दशमीसम्म विभिन्न धार्मिक परम्पराका साथ मनाइने सो जात्रा नुवाकोटको सबैभन्दा लामो मानिन्छ । यस वर्ष सिन्दूरे जात्राको मुख्य रौनक आज साँझ धामी हरिमानसिंह डंगोल र धमिनी ज्ञानुदेवी देवीघाटतर्फ प्रस्थान गरेपछि शुरु भई आइतबार धामी देवीघाटमा रहुञ्जेल र सोमबार नुवाकोटको देवीस्थानसम्म रहनेछ ।

सोमबार भैरवीदेवी मन्दिर परिसरस्थित महिषासूरमर्दिनी मन्दिर अगाडि सिन्दूर खेलिसकेपछि पनि विभिन्न पूजाविधि कायम रहँदै थप एक सातासम्म जात्राको विभिन्न चरण कायम रहने छ । यस वर्षको सिन्दूरे जात्रा यही चैत २७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस