नेपाल हेण्डसम र ब्यूटीफूलहरुको देश हो –प्रधानमन्त्री ओली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाल हेण्डसम र ब्यूटीफूलहरुको देश हो –प्रधानमन्त्री ओली


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७४, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हेण्डसम र ब्यूटीफूलहरुको देश भएको वताएका छन् ।

नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड २०७३ वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

नेपाली कलाकारहरु पनि ओस्कार पुरस्कार पाउन योग्य भएको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘नेपाल हेण्डसम र ब्यूटीफूलहरुको देश हो ।’

प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रमा धेरै चर्चा हुने गरेको भनाइ ‘कथाले मागे जस्तो’ लाई अब कथाले होइन, देश र समयले माग जस्तो भूमिकामा बदल्नु पर्ने समेत बताए ।

प्रधानमन्त्री ओलीले देशले मागे जस्तो फिल्म बनाउन कलाकारहरुलाई आग्रह गरे “देश र समयले मागे अनुसार कथा बनाउनुहोस, कथाले मागे जस्तो अभिनय गर्नुहोस् ” प्रधानमन्त्री ओलीले भने “कलाकारले मागे जस्तो सरकारले गच्छे अनुसार सहयोग गर्छ ।”

चलचित्र निर्माणको लागि नेपाल उत्तम ठाउँ भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो यहाँको प्राकृतिक सुन्दरतालाई छायाँकन गरेर विश्वभर फैलाउनु पर्ने बताए । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँका कलाकारसँग

आफूले पनि अन्तरक्रिया गर्ने बताउँदै केही समयपछि नै भारतका कलाकारहरुलाई नेपाल मै बोलाएर यहाँका कलाकारसँग अन्तरक्रिया गराउने आफ्नो योजना रहेको उनले बताए ।
ने

पालको चलचित्र उद्योगलाई विकास गर्न सरकारले यथासक्य सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीको छ ।

प्रतिक्रिया दिनुहोस