काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्र रहेका २१ मन्त्रालयबाट ६ सय २१ कर्मचारी दरबन्दी कटौती गरेको छ।
मन्त्रिपरिषदको बुधबारको बैठकद्धारा पारित प्रस्तावअनुसार २१ मन्त्रालयमा कर्मचारी दरबन्दी संख्या २ हजार ६ सय ५२ कायम गरिएको हो। यसअघि ती सबै मन्त्रालयमा गरी कर्मचारी दरबन्दी संख्या ३ हजार २ सय ६४ थियो।
कटौती भएको दरबन्दीमध्ये खरिदार र सुब्बाको संख्या दुई सय हाराहारीमा छ। श्रेणीविहीन, कार्यालय सहयोगी, सवारी चालकको दरबन्दी पनि कटौती गरिएको छ। सचिववको तीन वटा दरबन्दी कटौटी भएको छ।
यसैगरी शाखा अधिकृत तहका दरबन्दी पनि कटौतीभएको छ तर, खरिदार, सुब्बाको तुलनामा शाखा अधिकृतको दरबन्दी थोरै कटौती भएको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतले जनायो। कृषि, भूमिव्यवस्था र सहकारी मन्त्रालयमा रहेका सचिवको ४ वटा दरबन्दी घटाएर तीन वटामा झारिएको छ। आजको राजनधानी दैनिकमा खबर छ ।