६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घण्टौँ लगाएर खानेपानी

अ+ अ-

बागलुङ । बरेङ गाउँपालिका–५ सुखौरा, भित्रीवनकी तिर्सना थापा उज्यालो नहुँदै जौबारी खोलाको मुहानमा पुग्छिन् ।

डेढ घण्टा हिँडेर मुहानमा पुग्दासम्म रित्ता गाग्रीको लाम लागिसकेको हुन्छ । बेलैमा नपुगे पालो नपाइने चिन्ताले यहाँका गृहणी अँध्यारो नहुँदै मुहान पुगिसक्छन् । ‘हामीलाई सधैँको दुःख छ, खानेपानीको समस्या धेरै छ’ थापाले भनिन् । हिउँदमा त झन भएका मुहान पनि सुकेपछि खानेपानीको हाहाकार नै हुने गर्छ ।

भित्रीवनको जस्तै पीडा पिँडालुबारी र अन्य बस्तीका बासिन्दाको पनि छ । घण्टौँ लगाएर खानेपानीको जोहो गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाउन सकेका छैनन् । सुखौराका बासिन्दाले सधैँ खानेपानीको समस्या झेल्दै आएको वडाध्यक्ष अम्मरबहादुर शेरबुजाले बताए । उनका अनुसार बस्तीभन्दा तल मुहान हुनु नै खानेपानी संकटको प्रमुख कारण हो । ‘बस्तीमाथि छ, भएका मुहान तल छन्’ उनले भने ‘हाम्रो मुख्य समस्या नै खानेपानी हो ।’

दुई सय २७ घरधुरी रहेको सुखौरामा १५० भन्दा बढी परिवारले खानेपानीको चरम समस्या भोग्दै आएका छन् । सरकारी अनुदानमा केही वर्षअघि निर्मित ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजनाबाट केही बस्तीमा भने सुविधा छ । उक्त योजनाबाट धम्पुका २६ र बाहुँनडाँडा बस्तीका १४ घरमा खानेपानी पुगेको छ । बस्तीदेखि तल रहेको खानेपानीलाई सौर्य ऊर्जा प्रणालीबाट तानेर बस्तीमा ल्याइएको हो । धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले उक्त आयोजना निर्माण गरेका थिए ।

सुखौरामा ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजना नै सबभन्दा उपयुक्त हुने परियोजनाका इञ्जिनियर विवेक सापकोटाले बताए । ‘बस्तीमाथि छ, खानेपानीको स्रोत तल छ’ उनले भने ‘त्यहाँको उत्तम विकल्प ‘लिफ्ट’ प्रविधि नै हो ।’ परियोजनाले आकाशे पानी संकलनका लागि भित्रीवन र पिँडालुबारीमा बनाएका घैंटो प्रविधि पनि प्रभावकारी देखिएको छैन । खडेरीमा घैंटौ पनि रित्तै हुने र पानी संकलन भइहाले पनि पिउन योग्य नभएको उपभोक्ताको गुनासो छ ।

वडाबाट यो वर्ष खानेपानीका लागि २० लाख बजेट छुट्टाइएको छ । उक्त बजेटबाट ठूलो क्षमताको खानेपानी ट्यांकी निर्माण गर्ने योजना वडा कार्यालयले बनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत नयाँ आयोजनाको लागि विस्तृत सर्वे पनि गरिएको वडाध्यक्ष शेरबुजाले बताए । ‘ दुई करोड २० लाखको लागत योजना तयार भएको छ’ उनले भने ‘आयोजना कार्यान्वयनमा बजेट अभाव छ ।’ उक्त आयोजना बनेमा दीर्घकालीन रुपमा खानेपानी समस्या समाधान हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस