६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी–जोमसोम सडक शुक्रबारदेखि आठघण्टा बन्द हुने

अ+ अ-

म्याग्दी । स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ ।

राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ । मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको चापका कारण निर्माणपक्ष र यात्रु दुवैलाई समस्या हुने भएपछि भोलि शुक्रबारदेखि आठ घण्टा सडक पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको कालीगण्डकी करिडोर सडक आयोजना मुस्ताङ प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

मंगलबार साँझ म्याग्दी सदरमुकाम बेनीमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यातायात व्यवसायी, जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजनाका प्रतिनिधि सम्मिलित बैठकले बिहान ७ः३० देखि ११ः३० बजेसम्म र दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सडक पूर्णरुपमा बन्द गर्ने निर्णय भएको प्रमुख सुवेदीले जानकारी दिए ।

‘चैत महिना लागेदेखि पर्यटकको चाप पनि निकै बढेको छ । निर्माण कार्य पनि प्रभावित भएको छ भने यात्रु पनि समयमै गन्तव्य पुग्न सकेका छैनन्’, उनले भने, ‘निश्चित समय तोकिएपछि निर्माण कार्य र यात्रु पनि सोहीअनुसार यात्रा गर्छन् ।’ आयोजनाका अनुसार, बेनी–जोमसोम सडकखण्डमा गलेश्वरदेखि भुरुङ–तातोपानीसम्म शर्मा युनाइटेड जेभी, तातोपानीबाट मुस्ताङको कोबाङसम्म शर्मा गजुरमुखी जेभी र कोबाङदेखि जोमसोमसम्म कोशी कन्ट्रक्शनले काम गरिरहेको छ ।

गजुरमुखीले दुईखण्ड गरी सबैभन्दा बढी ३७ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिएको छ । ‘यो अवधिमा गलेश्वरदेखि घाँसासम्म पूर्णरुपमा सवारीसाधन सञ्चालनमा रोक लगाउने छौँ । तर घाँसादेखि माथि वैकल्पिक मार्ग पनि रहेका कारण केही खुल्ला गर्नेछौँ, आयोजना प्रमुख सुवेदीले भने ‘आउँदो वर्षासम्म गलेश्वर–घाँसासम्मको कार्य सम्पन्न गर्न पनि हामीले यस्तो निर्णय गरेका हौँ ।’ मुस्ताङ खण्डमा वर्षाको समयमा पनि कम पानी पर्ने भएकाले आयोजनाले म्याग्दी खण्डमा पर्ने करिब ४२ किलोमिटर सडकको निर्माण कार्यलाई तीव्रता दिइएको जनाएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले राष्ट्रिय प्राथमिकताको सडकलाई तोकिएकै मितिमा सम्पन्न गर्न सडक बन्द गर्ने निर्णय गरिएको बताए ।

चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत जोमसोमदेखि कोरलासम्म ९३ किलोमिटर सडकमा पनि थप प्याकेज बनाएर काम गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस