६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्बौ रुपैयाँ मुल्यको सार्वजनिक जग्गा फिर्ता आयो

अ+ अ-

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ ।

व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको साविक छिनेडाँडा गाविस वडा नं. ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना तीन पैसा एक दाम जग्गा सरकारी स्वामित्वमा आएको हो ।

पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, कास्की र प्रहरीको सक्रियतामा अर्बौं रुपैयाँ पर्ने उक्त जग्गा सरकारी स्वामित्वमा ल्याउन सफल भएको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

सरकारी जग्गा व्यक्तिले हडप्ने क्रम बढ्दै गएपछि उक्त ठाउँमा निर्मित केही टहरा हटाइएको थियो ।

‘यस जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०७२ साल फागुन २३ गते जग्गा कुनै पनि व्यक्ति विशेषको नभएको ठहर गरेको थियो’ अध्यक्ष पौडेलले भने ।‘सर्वोच्चको निर्णय पछि वडा कार्यालयले जग्गा संरक्षणको पहल शुरु गरेसँगै अन्ततः जग्गा सरकारी स्वामित्वमा आएको हो ।’

‘यस जग्गामा नेपाल प्रहरी प्रदेश नं ४ को तालीम केन्द्रसहितको मुख्यालय बनाउने चर्चाका साथै खेलकूद विश्वविद्यालय बनाउने चर्चा पनि छ’ पौडेलले थपे । ‘प्रदेशस्तरीय संग्रहालय र नमुना पार्कलगायतका संरचना निर्माण गर्ने विषयमा पनि हामीले छलफल शुरु गरिसकेका छौं ।’

जग्गा सरकारी स्वामित्वमा ल्याउन सहयोग गर्ने स्थानीयवासी, प्रहरी प्रशासन, महानगरपालिका, पत्रकारलगायत सम्पूर्ण सरोकारवालालाई अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस