३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिजुलीको भाउ बढ्यो !

अ+ अ-

काठमाडौं । भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो।

भारतले प्रतियुनिट ३.६० भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु ९६.३६ रुपैयाँ० बनाएको छ। ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ। नयाँदिल्लीमा सोमबार, मंगलबार र बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय पक्षबीच यही अप्रिलदेखि लागू हुने गरी १५ महिनाको पिपिए भएको हो । पिपिएको म्याद जुन २०१९ सम्म रहनेछ। गत डिसेम्बर २७ मा नवीकरण भएको पिपिएको म्याद यही १७ चैत (३१ मार्च) मा सकिँदैछ।

पिएमा कार्यकारी निर्देशक घिसिङ र एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले बुधबार नयाँदिल्लीमा हस्ताक्षर गरेका छन्।

प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले पिपिए हस्ताक्षरपछि ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १२० मेगावाट विद्युत् आयात सुनिश्चित भएको बताए। ‘हामीले अहिले दिइरहेको दरमा विद्युत् दिन वार्तामा अडान राख्यौं,’ उनले भने, ‘भारतीय बजारमा विद्युत्को मूल्य बढेकाले अहिलेको मूल्यमा विद्युत् दिनै नसकिने भारतीय पक्षले अडान राखेपछि ६ महिनाका लागि प्रतियुनिट मूल्य ३.९८ भारु (६.३६ रुपैयाँ) र त्यसपछि बाँकी अवधिका लागि उक्त मूल्यमा पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ।’

प्राधिकरणले एनभिभिएनसँग सुरुमा प्रतियुनिट भारु ३.४४ भारु ९५.५० रुपैयाँ० मा पिपिए गरेको थियो। भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि बढेर प्रतियुनिट ३.६० भारु पुगेको छ।

नेपाल–भारत सचिवस्तरीय विद्युत् व्यापार संयन्त्रको बैठकको निर्णयअनुसार प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत बिजुली आयात गरिरहेको छ। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस