३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो बन्दैछ एकीकृत पार्टीः आठ तहको पार्टी संरचना, २९९ सदस्यीय केन्द्रीय समिति

अ+ अ-

काठमाडौं । एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको संगठनात्मक संरचना तयार भएको छ।

केन्द्रमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न गठिन कार्यदलले ३७ दिन लगाएर बुधबार प्रतिवेदन अन्तिम रूप दिएको छ। यद्यपि कार्यदलको रिपोर्टलाई पार्टी एकता संयोजन समितिले पारित गरेपछि मात्रै विधानका आधारमा एकीकृत पार्टीको संरचना निर्माण हुनेछ।

केन्द्रदेखि तल्लो तहको प्रारम्भिक कमिटीसम्म आठ तहका पार्टी संरचना निर्माण गर्ने गरी एकीकृत पार्टीको अन्तरिम विधान तयार भएको छ।

आगामी २ वर्षभित्रै एकीकृत पार्टीकोे एकता महाधिवेशन सम्पन्न गरिसक्ने गरी कार्यदलले अन्तरिम विधान तयार पारेको एमाले नेता तथा कार्यदल सदस्य वेदुराम भुषालले जानकारी दिए। २३ अध्याय र ७७ धारामा केन्द्रित गरी कार्यदलले अन्तरिम विधान तयार पारेको छ।

पार्टी एकताका क्रममा सबै नेतालाई समेट्न उमेर हद नलगाउने गरी हाललाई खुला राखिएको छ। तर, दुई कार्यकालभन्दा बढी समय पदाधिकारी रहन नपाउने प्रावधानलाई अन्तरिम विधानमा समेटिएको छ।

कार्यदलले तयार पारेको प्रतिवेदनलाई अब दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले बुझ्ने समय दिएको जुनकुनै बेला पनि बुझाउन सक्ने गरी तयारी अवस्थामा राखिएको कार्यदलका अर्का सदस्य तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए।

‘हाम्रो कार्यदलले काम सम्पन्न गरेको छ, अब उहाँहरू (दुवै पार्टीका अध्यक्ष) ले जहिले माग्नुहुन्छ, वा बुझाउनका लागि समय दिनुहुन्छ त्यही बेला बुझाउन तयारी अवस्थामा छौं’, शर्माले भने।

ओली र दाहाल दुवैले संयोजन गरेको एकता संयोजन समितिले ७ फागुनमा अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा कार्यदल तथा अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वको अर्को कार्यदल गठन गरेको थियो।

संगठनात्मक कार्यदलले आफ्नो प्रतिवेदन तयार पारे पनि अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले अझै आफ्नो काम सकेको छैन। उसले बिहीबार कार्यदलको बैठक बोलाएको छ।

कार्यदलले समयमै आफ्नो काम नसक्दा पार्टी एकता प्रक्रियासमेत प्रभावित हुँदै आएको थियो। संगठनात्मक कार्यदलले अब काम सकेर प्रतिवेदन तयारी अवस्थामा राखेपछि एकता प्रक्रियाले अब गति लिने नेताहरूले बताएका छन्। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस