चीनले बनाउने सुरसार छैन, भारतीय रेल गुड्ने भने पक्का ! « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

चीनले बनाउने सुरसार छैन, भारतीय रेल गुड्ने भने पक्का !


१५ चैत्र २०७४, बिहिबार


काठमाडौं । नेपालमा चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा कुनै गति नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ।

काठमाडौंमा दुई वर्षभित्र चिनियाँ रेल गुडाउने प्रधानमन्त्री ओलीको घोषणालाई विज्ञहरुले हावादारीको संज्ञा दिइरहेको बेला दक्षिणी छिमेकी भारतबाट नेपालसम्म रेल गुडाउने सपना सम्भव देखिएको हो ।

भारतले जयनगर –बर्दिबास, जोगबनी,विराटनगर, जलपाईगुरी,काकरभिट्टा मार्गमा रेल गुडाउने प्रक्रिया अघि बढाएको छ।

यी पाँच मार्गमध्ये नेपाल सरकारले बर्दिबाससम्म आउने भारतीय रेललाई सर्लाहीको लालबन्दीसम्म ल्याउन तथा जोगवनी –विराटनगरमा ट्रयाक निर्माणको कामलाई तीव्रता दिइरहेको भारतीय रेल मन्त्रालयले जनाएको छ। आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस