संसद भवन अनैतिक कार्यको अखडा भएको भन्दै कर्मचारीले थाले आन्दोलन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसद भवन अनैतिक कार्यको अखडा भएको भन्दै कर्मचारीले थाले आन्दोलन


प्रशासन विशेष ब्युरो

१५ चैत्र २०७४, बिहिबार


विकास र समृद्धि

काठमाडौं । बानेश्वरस्थित संघीय संसद् भवनमा कार्यरत कर्मचारीहरुको सो भवनका प्रमुख कार्यकारी निर्देशक पुरुषोत्तम आमात्यविरुद्ध आन्दोलन चर्काएका छन्।

कार्यालय प्रमुख पदको दुरुपयोग गरी कार्यालय हाताभित्र मनोमानी गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्रमुख आमात्यविरुद्ध आन्दोलन चर्काएको हो।

चैत ६ गतेदेखि आन्दोलन जारी छ। संठगनका अध्यक्ष छलरामप्रसाद पौड्यालका अनुसार कार्यालय प्रमुखले सवारीसाधन दुरुपयोग गरेको, जिन्सी सामान कौडीको भाउमा बेचेको र अनाधिकृत व्यक्तिलाई आवास क्षेत्र दिएकोले आन्दोलन गर्नु परेको बताए।

‘गरिमामय संसद भवनभित्रको धार्मिक महत्वका वर–पीपल र रुद्राक्षलयागतका रुख काटेको, संसद हाता भित्र मासु, सेकुवा र मद्यपान गराउनेदेखि अनाधिकृत व्यक्तिलाई आवास उपलब्ध गराएपछि आन्दोलन गुर्नपरेको हो’ पौडेलले भने, संसदलाई मर्यादित नबनाएसम्म आन्दोलन जारी रहने छ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस