४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्थायी शिक्षक परीक्षा सर्दैन : आयोग

अ+ अ-

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक व्यवस्थापनका लागि यही चैत २३ गते हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष ताना गौतमले परीक्षा अब कुनै हालतमा नसर्ने बताए । परीक्षामा कूल २३ हजार २८६ अस्थायी शिक्षक सहभागी हुनेछन् । शिक्षा ऐनको आठौँ संशोधनले गरेको व्यवस्थानुसार १५ हजार ६८९ शिक्षक र नवौंँ संशोधनले पछि थप गरेको सात हजार ५९७ दरबन्दी गरी कूल २२ हजार ७६ पदका लागि परीक्षा हुने भएको छ ।

परीक्षाका लागि देशभरका पाँच जिल्लामा ११६ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिँदै कानूनले गरेको व्यवस्थानुसार आयोग परीक्षा तयारीमा जुटेको अध्यक्ष गौतमले बताए ।

परीक्षामा झापामा २६, काठमाडौंमा ३०, कास्कीमा ३२, बाँकेमा १७ र कञ्चनपुरमा ११ परीक्षा केन्द्र कायम गरिएको छ । शिक्षक आन्दोलनतर्फ संकेत गर्दै उनले भने, ‘परीक्षा नै नदिई ६० वर्ष कटाउन चाहने, परीक्षामा उत्तीर्ण हुन सक्दिन भन्ठान्ने र २०७२ पछि नियुक्ति पाएकाहरुले गरेको आन्दोलनले परीक्षा रोकिँदैन ।’

आयोगका सचिव एवं प्रशासकीय अधिकृत डा तुलसी थपलियाले परीक्षा सञ्चालनका लागि प्रजिअको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको बताए । उनका अनुसार हरेक केन्द्रमा एक एक गरी ११६ केन्द्राध्यक्ष, २३२ सहायक केन्द्राध्यक्ष र एक हजार २८३ निरीक्षक परीक्षामा खटिनेछन् ।

उनले दरखास्त कम परेर बचत हुने, ७५ प्रतिशत विज्ञापन गरेर बाँकी रहेको पद, २।५ प्रतिशतका दरले हरेक वर्ष रिक्त रहँदै आएको दरबन्दी संख्या, अस्थायी शिक्षकको परीक्षामा उत्तीर्ण हुन नसकी रिक्त रहन आएको पदसंख्या गरी करीब ११ हजारभन्दा बढी पदमा खुला परीक्षामार्फत पदपूर्ति गर्न सकिने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस