२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सद्भाव बिथोल्ने दुष्प्रयास नहोस् : कूटनीतिज्ञलार्इ प्रधानमन्त्रीको ब्रिफिङ

अ+ अ-

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञसँगको छलफलमा नेपाली नागरिक विदेशीका गोप्य एजेन्डाबाट पीडित हुन नहुने बताएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित दिवा भोजमा मंगलबार उनले विदेशी स्वार्थप्रेरित एजेन्डाबाट नेपाल र नेपाली पीडित हुन नहुनेमा कूटनीतिज्ञलाई सावधान गराएका हुन्।

विवादित ईयू प्रतिवेदनमाथि दुई दिनअघि कडा टिप्पणी गरेका ओलीले मंगलबार नियोगका कूटनीतिज्ञसामु आफूहरू आन्तरिक मुद्दा सल्टाउन आफैं सक्षम भएको बताउँदै नेपालका आन्तरिक मामिलामा अनावश्यक चासो नराख्नसमेत आग्रह गरे।

ठूलो मूल्य चुकाएर आफूहरूले शान्ति स्थापना गर्न सकेको बताउँदै उनले नेपालको शान्ति र स्थायित्व खलबल्याउने प्रयास कसैलाई पनि नगर्न चेतावनी दिए।

उनले भने, ‘अब नेपाली समाजमा हिंसा स्वीकार्य छैन। नेपालको सामाजिक एकता भाँड्ने र सद्भाव बिथोल्ने कुनै पनि दुष्प्रयास गर्नेलाई सबै नेपाली एकजुट भएर पराजित गर्नेछौं।’

प्रधानमन्त्री ओलीले जननिर्वाचित संविधानसभाबाट जारी प्रगतिशील र लोकतान्त्रिक संविधान र राजनीतिक रूपान्तरण प्रक्रियाका साक्षी नेपालस्थित विदेशी कूटनीतिज्ञहरू नै भएको पनि बताए।

उनले एक दशकयता भइरहेको तीव्र राजनीतिक रूपान्तरणबाट सबै क्षेत्र प्रभावित भएको पनि उल्लेख गरे। समावेशीता नै नेपालको संविधानको मूल मर्म भएको भन्दै ओलीले स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को सफलतापूर्वक सम्पन्न चुनावलाई अर्को कोसेढुंगाका रूपमा व्याख्या गरे।

‘सबै निर्वाचित निकायमा महिला प्रतिनिधित्व ४१ प्रतिशत रहेको जानकारी गराउन पाउँदा म औधी गौरवान्वित छु, यो धेरै ठूलो उपलब्धि हो’, उनले भने, ‘महिला प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन हाम्रो अथक प्रयास हुनेछ।’

प्रधानमन्त्री ओलीले स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता हुन नसक्ने अडान दोहोर्‍याए। उनले सबै नेपालीले राष्ट्रको कहिल्यै पराधीन हुनु ९कसैको उपनिवेश बन्नु० नपरेकोमा गर्व गर्दै भने, ‘नेपालीका लागि देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय हित र स्वतन्त्रताको रक्षा नै राष्ट्रियता हो।’

प्रधानमन्त्री ओलीले सरकारको विदेश नीति पञ्चशीलका आधारमा हुने जनाएका छन्। विदेश नीति प्रस्ट्याउँदै उनले भने, ‘हाम्रो विदेश नीति असंलग्न नीति, संयुक्त राष्ट्रसंघ ९यूएन० बडापत्र र अन्तर्राष्ट्रिय कानुनमा आधारित हुनेछ।’ उनले सबैसँग मित्रता, कसैसँग पनि वैमनश्यता नहुने नीति सरकारले अख्तियार गर्ने भन्दै थपे, ‘आपसी हित र स्वार्थका आधारमा छिमेकी भारत र चीनका साथै सबै अन्तर्राष्ट्रिय देशसँग बहुआयामिक सम्बन्ध स्थापना हुनेछ।’ उनले वैदेशिक लगानी भित्याउने गरी वैदेशिक नीति अख्तियार गरिने उल्लेख गरे। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस