२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध सम्बन्ध राखेको आरोपमा वडा कार्यालयमा यातना

अ+ अ-

काठमाडौं । अवैध यौन सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका छन्।

सोनमा गाउँपालिका—७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोबी र उनका भाइबुहारी पर्ने ४५ वर्षीया सैरुल खातुनलाई अवैध सम्बन्ध राखेको आरोपमा कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए। हातखुट्टा बाँधेर कार्यालयको बैठक कोठामा बन्द गरी कुटपिट गरिएको स्थानीयको भनाइ छ।

यो घटनाको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले खैलाबैला मच्चिएको छ। अवैद्य सम्बन्धका विषयमा वडा कार्यालयमा पञ्चायती (छलफल) गर्ने क्रममा कुटपिट गरिएको हो। कोठामा इसराफिललाई लुंगीले खुट्टा बाँधेर भुइँमा सुताइयो। गन्जी र पाइन्ट लगाएका युवक अमृत रायले उनलाई लट्ठीले कुटपिट गरे। लट्ठीको चोट सहन नसकी उनले आफूलाई जोगाउन गुहार मागिरहँदा पनि कसैले बचाउ गरेन। कोठामा कुर्सीमा बसेका पाँचसातजना स्थानीय रमिते बनेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ। पञ्चायतमा वडाध्यक्ष यादवले सैरुललाई आफैले समेत कुटपिट गरेका थिए।

पीडितले अवैध सम्बन्ध राखेको प्रमाण देखाए र पुष्टि भए समाजले जस्तोसुकै दण्डजरिवाना गरे पनि मान्ने बताएका थिए। गल्ती नगरी यातना दिनेलाई कारबाही गर्नुपर्ने उनीहरूले माग गरे।

ससुरा एैलुन र देवर जिलानी मिलेर सैरुललाई इसराफिलसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा कार्यालयमा पञ्चायत बोलाउन लगाएका थिए। कुटपिट भएको केही समयभित्रै प्रहरी चौकी मगरथानाबाट प्रहरी टोली वडा कार्यालयमा पुगेको थियो। तर, पञ्चले केही नभएको बताएपछि प्रहरी टोली फर्किएको थियो। मगरथाना प्रहरी चौकीका इन्चार्ज मनोज पासवानले घटनाबारे जानकारी नभएको बताए।

सोनमा गाउँपालिका प्रमुख राजकुमार यादवले उनीहरूबीच अनैतिक सम्बन्ध रहेको आशंकामा गाउँलेले यसअघि पनि सम्झाइबुझाइ गरेको तर सम्बन्धमा रोक नलागेकाले कुटपिट गरिएको हुन सक्ने बताए। घटना दस दिनअघिकै भए पनि सामाजिक सञ्जालमा दृश्य सार्वजनिक भएपछिमात्र आफूले थाहा पाएको उनको भनाइ छ।

केही दिनअघि इसराफिल राति १२ बजे उखुको चलान लिने बहानामा महिलाको घरभित्र पसेपछि नियन्त्रणमा लिइएको सूचना आएको उनले बताए। पञ्चायतमा अवैध सम्बन्धको आरोप लागेका दुवैलाई अब उप्रान्त यस्तो घटना भए ५० हजार जरिवाना तिराउने लिखित निर्णय पनि भएको थियो तर दुवैले अनैतिक सम्बन्ध बनाउन नछाडेकाले वडाध्यक्ष महेशसहितका व्यक्तिले कुटपिट गरेको हुन सक्ने गाउँपालिका प्रमुख यादवले बताए। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस