२७ महिनायताकै न्यून बिन्दुमा झर्‍यो नेप्सेः एकैदिन लगानीकर्ताले गुमाए ६० अर्ब ७९ करोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२७ महिनायताकै न्यून बिन्दुमा झर्‍यो नेप्सेः एकैदिन लगानीकर्ताले गुमाए ६० अर्ब ७९ करोड


प्रशासन विशेष ब्युरो

१३ चैत्र २०७४, मंगलबार


काठमाडौं । लामो समयदेखि निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार ५१ अंकले घटेको छ ।

सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो । तर, अन्त्यमा झिनो अंकले सुधारिएपछि ५१ दशमलव ८९ अंकले घटेर १ हजार १ सय ६८ बिन्दुमा बजार बन्द भएको छ । यो २०७२ पुस २७ गतेयताकै न्यून बिन्दु हो ।

धेरै दिन ओरालो लागेको बजार सोमबार सुधार हुने धेरै लगानीकर्ताको अपेक्षा थियो । आइतबार अर्थमन्त्री डा.युवराज खतिवडाले विराटनगरमा दिएको अभिव्यक्तिले बजार पुनः घटेको लगानीकर्ताको भनाइ छ । खतिवडा गभर्नर हुँदा पनि सेयरबजारप्रति सकरात्मक थिएनन् । सोही कारण उनी अर्थमन्त्री भएदेखि नै लगानीकर्ताहरू त्रसित छन् ।

उनले दिएको अभिव्यक्तिले लगानीकर्ताको मनोबल थप खस्केको सेयरबजार लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए । ‘बजार घट्दा सामान्य लगानीकर्ता नै डुबेका छन् । यस्तो अवस्थामा पनि सरकार मौन रहनु गैरजिम्मेवारीपन हो,’ उनले भने, ‘तर, के गर्ने सुतेको मानिसलाई पनि उठाउन पो सकिन्छ । सर्वसाधारणको लगानीमा कसैले पनि खेलबाड गर्न मिल्दैन ।’

सरकारप्रति लगानीकर्ताको अपेक्षा उच्च हुनुले बजार घट्न सहयोग पुगेको इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । ‘निर्वाचनपश्चात् स्थायी सरकार बनेपछि बजारमा परिपक्क हुने आमलगानीकर्ताको बुझाइ थियो,’ उनले भने, ‘प्रधानमन्त्री केपी ओली बजारप्रति सकारात्मक देखिएकाले केही योजना आउने लगानीकर्ताले अपेक्षा गरेका थिए । तर, सोअनुसार काम नहुँदा लगानीकर्ता थप आहत भएका हुन् ।’आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस