दुई रातमा बन्यो एकीकृत पार्टीको विधान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई रातमा बन्यो एकीकृत पार्टीको विधान


प्रशासन विशेष ब्युरो

१३ चैत्र २०७४, मंगलबार


काठमाडौं । एमाले र माओवादी केन्द्रका नेताहरूले गोकर्ण रिसोर्टमा दुई दिन दुई रात लगाएर एकीकृत पार्टीको अन्तरिम विधान तयार पारेका छन्।

मन्त्री बनेकाहरू व्यस्त बनेपछि मन्त्री नभएका नेताहरूले गत बिहीबारदेखि शनिबार बिहानसम्म रिसोर्टमा बसेर विधानको मस्यौदा तयार गरेका हुन्। अहिले अन्तिम छलफल चलिरहेको छ।

एमाले नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल तथा माओवादी नेता जनार्दन शर्माले विधान बनाउन रिसोर्टमा दुई दिन दुई रात बिताएको स्रोतले जनाएको छ।

कार्यदलले मूल नेतृत्वसहित संघीय संरचनाअनुसार १० तहको एकीकृत पार्टीको सांगठनिक स्वरूप र तहगत संरचना बनाउने समझदारी गरेको छ, जसअनुसार पार्टीको नेतृत्व एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सहअध्यक्षका रूपमा आलोपालो प्रणालीबाट गर्नेछन्।

सबैभन्दा माथि स्थायी समिति हुनेछ । त्यसपछि क्रमशः पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानग÷उपमहानगर्नगर कमिटी÷गाउँपालिका कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीसहित १० वटा तहगत संरचनाको कमिटी बन्ने मोटामोटी टुंगो लागेको छ।

एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले १५ गतेभित्र संगठन र विधानसम्बन्धी प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने गरी छलफल चलाइरहेको छ । मंगलबार र बुधबार पनि लगातार छलफल हुने एमाले सचिव विष्टले बताए । ‘मंगलबार ५ बजे पनि बैठक बस्छ, लगातार छलफल गरेर तीन दिनभित्र सबै टुंगो लगाउँछौँ,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस