२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फर्जी फ्याकल्टी रोक्न अनिवार्य औंठा छाप !

अ+ अ-

काठमाडौं । चिकित्सा शिक्षा अध्यापन गराइने मेडिकल कलेजमा फर्जी फ्याकल्टी (नक्कली विषयगत शिक्षक) सञ्चालनमा संस्थागत मिलेमतो देखिएपछि कारबाहीको दायरामा ल्याउन नेपाल मेडिकल काउन्सिलले विषयगत शिक्षकको औंठा छाप लिन थालेको छ ।

चिकित्सा शिक्षालाई गुणात्मक ढंगले अध्यापन गराउनुको साटो निजी मेडिकल कलेजले न्यून खर्चमा अध्यापन गराउन खडेबाबा (नक्कली शिक्षक) राखेको पाइएपछि बायोमेट्रिक प्रणालीमार्फत औंठा छापसहितको रेकर्ड लिन थालिएको हो ।

मेडिकल कलेजमा पढाउने विषयगत शिक्षकको औंठा छाप लिन थालिएको काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले बताए । हालसम्म काठमाडौं बाहिरका सबै मेडिकल कलेजमा काउन्सिलको टोली गई विषयगत शिक्षकहरूको बायोमेट्रिक लिइसकेका छन् ।

काउन्सिल अध्यक्ष डा.बास्कोटाका अनुसार राजधानीका मेडिकल कलेजमा अध्यापनरत विषयगत शिक्षकको औंठाछाप रेकर्ड ल्याउने कार्य भइरहेको छ । रेकर्ड लिँदा बायोमेट्रिक डिभाइस प्रयोग गरिएको उल्लेख गर्दै उनले भने, ‘अनुगमनका क्रममा पछि जाँदा डिभाइसमा भएको रेकर्डअनुसार औंठाछाप मिल्छ कि मिल्दैन चेक गर्छौं । रेकर्डमा मिलेन भने कारबाहीको दायरामा ल्याउँछौं । अब खडेबाबाहरूको खैरियत छैन ।’

बायोमेट्रिक डिभाइसमा विषयगत शिक्षकको हस्ताक्षर र अन्य व्यक्तिगत विवरणसमेत संकलन गरिएको छ ।त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएका विराटनगर, वीरगन्ज, भैरहवालगायत स्थानमा सञ्चालित मेडिकल कलेजका फ्याकल्टीमा विषयगत शिक्षक फर्जी भएको काउन्सिल स्रोतले बतायो । एमबीबीएस र बीडीएसमा अध्यापन गराउन खडेबाबा राखिने गरिएको छ ।

बढी विद्यार्थी भर्ना गराउने अपेक्षासाथ सीमावर्ती मेडिकल कलेजले भारतबाट विषयगत शिक्षक ल्याएर फर्जी फ्याकल्टी बनाउने गरेको पाइएको छ । ‘अनुगमनमा जाँदा परिचयपत्रसहित बसेका हुन्छन् । तर विद्यार्थी, अभिभावक वा अन्यसँग बुझ्दा त्यहाँ नबसेको पाइन्छ । त्यस्ता खडेबाबालाई बढार्नुपर्ने भएको छ’, डा.बास्कोटाले भने ।

हरेक मेडिकल कलेजमा कार्यरत विषयगत शिक्षकको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको काउन्सिलका अध्यक्ष डा।बास्कोेटाले बताए । उनका अनुसार विषयगत शिक्षकले सम्बन्धित मेडिकल कलेजमा भन्दा बाहिर काम गर्ने÷नगर्ने सम्बन्धमा सबै जना सचेत हुनेछन् ।

योग्य शिक्षक नहुँदा विद्यार्थीको अध्ययन पनि कमजोर भएको उल्लेख गर्दै बास्कोटाले त्यसको प्रत्यक्ष मार सेवाग्राही बिरामीमा पर्ने बताए । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस