६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय निकायमा शिक्षाका कर्मचारी गएनन्

अ+ अ-

ललितपुर । शिक्षाका अधिकांश कार्यक्रम स्थानीय निकायको जिम्मेवारीमा गइसके पनि जिल्लाका स्थानीय निकायमा शिक्षाका कर्मचारी गएका छैनन् ।

शिक्षाका कर्मचारी नजाँदा स्थानीय निकायमा काम अघि बढाउन अन्योल रहेको सहायक जिल्ला शिक्षा अधिकारी खेम पोखरेलले बताए । जिल्लामा एउटा महानगरपालिका, दुईवटा नगरपालिका र तीनवटा गाउँपालिका गरी छवटा तह छन् । सबैभन्दा बढी विद्यालय भएको ललितपुर महानगरपालिकामा अघिल्लो वर्ष एक उपसचिव, तीन अधिकृत र चारजना स्रोत व्यक्ति गएका थिए । उनी भन्छन्, ‘तीमध्ये उपसचिव फिर्ता भएको र अधिकृतलाई हाजिर गराएनन् ।’

गोदावरी नगरपालिकामा एकजना अधिकृत र तीनजना स्रोत व्यक्ति गएको पोखरेलले बताए । महालक्ष्मी नगरपालिकामा एकजना स्रोत व्यक्ति गएका छन् । कोञ्जेसोम, वाग्मती र महाँकाल गाउँपालिकामा एकजना पनि शिक्षाका कर्मचारी छैनन् । उनी भन्छन्, ‘एक त कतिमा कर्मचारी नै छैनन् भने गएका पनि फर्किएका छन् ।’ शिक्षाका कर्मचारी नहुँदा शिक्षाको बजेट अरुमा नै खर्च हुन थालेको छ ।

शिक्षाका कर्मचारी समायोजन प्रक्रियामा असहमत हुँदा स्थानीय निकायमा नगएका हुन् । गएका कर्मचारीसमेत काम गर्ने वातावरण नहुँदा फर्किएको पोखरेल बताउछन् । उनी भन्छन्, ‘बस्ने कोठा वा कुर्सीसमेत स्थानीय निकायले व्यवस्था गरेका छैनन् ।’

अहिले जिल्ला शिक्षा कार्यालयले द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति, पुस्तकालय, प्रयोगशालालगायतका थोरै कार्यक्रममात्रै सञ्चालन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस