६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलेवा विमानस्थलमा व्यावसायिक उडान शुरु

अ+ अ-

बागलुङ । बन्द भएको २६ वर्षपछि यहाँस्थित बलेवा विमानस्थल आजदेखि नियमित सञ्चालनमा आएको छ ।

तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाडौं–बागलुङ पहिलो व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाडौंबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंको भीड लागेको थियो ।

बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्कासहित जनप्रतिनिधि र स्थानीयवासीले बाजागाजासहित यात्रुको स्वागत गरेका थिए । विमान चालक सञ्जीव श्रेष्ठले विमान उडाउँदा सहज र रमाइलो अनुभव भएको बताए । ‘नियमित उडानका लागि विमानस्थल ठीक छ’, उनले भने, ‘मौसम पनि राम्रो भएकाले उडान रमाइलो रह्यो ।’ यसअघि सोमबारको परीक्षण उडान पनि श्रेष्ठलगायतको चालक टोलीले गरेको थियो । विमानस्थल नियमित सञ्चालन गर्न कुनै प्राविधिक समस्या नरहेको उनको भनाइ छ ।

पहिलो उडानमा यात्रा गर्नुभएका बागलुङ नगरपालिका–३ का ८० वर्षीय कृष्णप्रसाद सापकोटाले खुशी व्यक्त गर्दै भने, ‘उपचारको लागि काठमाडौं गएको थिएँ, आज एकै छिनमा जहाज चढेर घर फर्कन पाइयो ।’

बन्द भएर जीर्ण विमानस्थल चल्नु ठूलो उपलब्धि भएको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका प्रबन्धक इमनाथ अधिकारीले तत्कालका लागि सामान्य मर्मत सुधार गरेर विमानस्थल सञ्चालनमा ल्याइएको उल्लेख गरे ।

विमानस्थलको भौतिक पूर्वाधारको अवस्था पनि कमजोर अवस्थामा रहेको उनको भनाइ छ । अबदेखि साताको दुई पटक नियमित रुपमा काठमाडौं–बागलुङ उडान हुने जनाइएको छ । दोस्रो व्यावसायिक उडान यही चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्ने भएको छ । नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच सातामा दुई उडान गर्ने सहमति यसअघि नै भएको थियो ।

हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘विमानस्थल सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि सबै पक्षको सहयोगको खाँचो छ’, प्रमुख पौडेलले भने ।

उन्नाइस सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए नगरपालिकाले भार व्यहोर्ने भएको छ । यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताए । वि.सं. २०४८ मा बन्द विमानस्थल पछिल्लो समय गौचरणमा परिणत भएको थियो । मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । वि.सं. २०२२ मा निर्मित विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस