चन्द्रागिरिमा नजान आफ्ना नागरिकलाई अमेरिकी दूतावासको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चन्द्रागिरिमा नजान आफ्ना नागरिकलाई अमेरिकी दूतावासको आग्रह


प्रशासन विशेष ब्युरो

८ चैत्र २०७४, बिहिबार


काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडौं वरपर घुमफिरमा नजान आग्रह गरेको छ ।

माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन्। दूतावासले गत शुक्रबार एड्भाइजरी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो।

दूताबासले उक्त क्षेत्रमा स्थानीय समूहले धम्की तथा त्रास फैलाएको भन्दै आफ्ना नागरिकका लागि सुरक्षा एलर्ट जारी गरेको हो।

दूतावसले निकालेको उक्तअर्लटमा मार्च महिनाभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ। आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस