३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने – मन्त्री पण्डित

अ+ अ-

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दक्ष जनशक्ति रुपमा रहेको निजामती कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने बताए।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकको सफारिसमा मात्र शारीरिक एवं मानसिकरुपमा अशक्त कर्मचारीलाई मात्र स्वच्छिक अवकाश दिन सकिने प्रष्ट पारे।

उनले सरकारले तोकेको ठाउँमा कर्मचारी कार्य गर्न जानुपर्ने अन्यथा सरकार बाध्य भई कारबाही गर्ने दृढतासमेत व्यक्त गरे । मन्त्री पण्डितले वर्तमान संक्रमणकालीन अवस्थामा सरकारको तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले कर्मचारीलाई बिदा दिने पक्षमा सरकार नभएको बताए ।

मन्त्री पण्डितले आगामी आइतबार सबै मन्त्रालयमा तोकिएको क्षेत्रमा कर्मचारी पठाउनका लागि पत्र पठाउने जानकारी दिँदै सम्बन्धित ठाउँमा नजाने कार्मचारीलाई निजमती ऐनअनुसार कारबाही हुने बताए ।

उनले अहिलेसम्म ७८ प्रतिशत कर्मचारी आफ्नो कार्यक्षेत्रमा पुगिसकेको र अर्को हप्तादेखि कार्यक्षेत्रमा नजाने कर्मचारी कारबाहीको भागिदारी स्वय् हुनुपर्ने बताए ।

मन्त्री पण्डितले सरकारले खटाएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन खोजिए कार्यालय प्रमुख पनि कारबाहीको भागिदार हुने प्रष्ट पारे । अहिलेको सरकारको प्रमुख लक्ष्य भनेको आर्थिक समृद्धि र विकास भएकाले त्यसका लागि राष्ट्रसेवक कर्मचारीको सहयोग आवश्यक रहेको बताए ।

एक प्रश्नको जवाफमा मन्त्री पण्डितले अघिल्लो सरकारले गरेका कतिपय निर्णयको मूल्यांकन गरिने र कानुन विपरीत भएकामा खारेज हुने बताए ।

उनले संघीयता असफल नहुने  यसमा देखिएका कमी कमजोरी हटाउँदै यसलाई सफल कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको छ  भने ।

प्रतिक्रिया दिनुहोस