२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर

अ+ अ-

वस्तुगत प्रश्नोत्तर

१. संयुक्त राष्ट्रसंघका लागि ‘सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्क’द्धारा सन् २०१८ मा सार्वजनिक वर्लड ह्यापिनेस रिपोर्ट अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ ?

–  १०१ औं

–  प्रतिवेदन नुसार फिनल्यान्ड, स्विजरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड क्यानडा स्विडेन, र अस्ट्रेलिया विस्वका सबैभन्दा खुसी १० देश भित्र परेका छन् ।

– सूचीको सबैभन्दा पुछारमा बुरुन्डी परेको छ ।

-सूचीमा पाकिस्तान ७५ औं, भुटान ९७ औं , नेपाल १०१ औं,बङ्लादेश ११५ औं, श्रीलङ्का ११६ औं, तथा भारत भारत १३३ औं स्थानमा रहेका । यस वर्षको सूचीमा माल्दिभ्स र अफगानस्तान नसमेटिएका ।
सो प्रतिवेदन अनुसार अमेरिका १८औं र चिन ६५ औं स्थानमा रहेका छन् ।

२. सन् २०१६ मार्च १२ १६ सम्म् न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको २० औं बैठकले कुन कुन राष्ट्रलाई विकासोन्मुख राष्ट्रमा स्तरान्नतिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ?

– भुटान, किरिवाटी,साआतोमे, एन्ड प्रिन्सेप र सोलोमन आइल्यान्ड

– विकासोन्मुख मुलुकमा रुपान्तरण हुन प्रतिव्यक्ति आय १२ सय अमेरिकि डलर , ह्युमन इसेट्स इन्डेक्स ६६ माथि र इकोनोमिक भल्नरेबिलिटी इन्डेक्स ३२ तल हुनुपर्ने प्रावधान रहेको ।
-कुनै पनि तीन इन्डेक्समा दुईआटामा तोकिएको लक्ष्य पुरागरेमा विकासोन्मुख राष्ट्रमा स्तरेन्नति हुने राष्ट्रसंघो व्यवस्था रहेको छ । नेपालले प्रतिव्यक्ति आयबाहेक बाँकि दुईओटा लक्ष्य पूरा गर्न सकेको ।

३.उत्पादन सुरु भएका १,५४ वर्ष पछि ट्रडमार्क प्राप्त गर्ने नेपाली उत्पादन कुन हो ?

-नेपाली चिया

-नेपालमा चिया खेतिको सुरुवात वि.स. १९२० मा भएको ।
-ट्रेडमार्क पश्चात अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाो छुट्टै पहिचान स्थापना तथा प्रवद्र्धन हुने विश्वास गरिएको
-‘नेपाली टी, क्वालिटी फ्रम हिमालय’ ट्रेडमार्क वि.सं. २०७४ चैत्र २३ मा सार्वजनिक गर्ने निर्णय भएको ।

४. नेपालको पहिलो चिया गणना कहिले सुरु गरियो ?

वि.सं. २०७४ माघ २५

(उन्नति परियोजनाको सहयोग र केन्द्रीय तथ्याङ्क विभागको सहकार्यमा राष्ट्रिय चिया तथा कफि विकास बार्डले चिया खेति सँग सम्बन्धित तथ्याङ्क सङ्कलन सुरु गरेको । २०७४ फागुन मसान्त सम्ममा तथ्याङ्क सङ्कलनका् कार्य सम्पन्न हुने जनाइएको छ ।)

५. डोल्पो नामक कृतिका लेखक को हुन् ?

-विष्णुप्रसाद शर्मा पराजुली

६. नेपाल एपिएफ क्लबको स्थापना कहिले भएको हो ?

वि.सं.२०६१ वैशाख ३१

(फौजी जीवनमा खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने मान्यताका राथ एपीएपफले सशस्त्र प्रहरी बलका कर्मचारीलाई शारीरिक एवम् मानसिक रुपमा चुस्तदुरुस्त राख्न क्लबको स्थापना गरेको । क्लवले १३ वषर््ाको अवधिमा घरेलु खेलकुदका साथै अन्तर्राष्ट्रिय खेलकुदमा पनि फड्को मारेको ।)

७. इच्छा मृत्यु सम्बन्धमा ‘पैसिव युथेनेसिया’ भन्नाले के बुझिन्छ ?

कुनै गम्भीर रोग लागेर अतिसार पीडामा रहेका बिरामीको मेडिकल उपचार बन्द गर्नु, बिरामीको लाइफ सपोर्ट मेसिन हटाइदिनु, खानाखाने ट्युब टाइदिनु, अत्यावश्यक औषधि बन्द गरिदिनु एवम् कुनै शल्यक्रिया नगर्नु ।

क्यानडा, न्यादरल्यान्ड , बल्जियम , कोलम्बिया, लक्जेम्बर्ग, लगायतका राष्ट्रमा इच्छामृत्युलाई अनुमति दिइएको ।

-भारतको उच्च अदालतले हालै इच्छा मृत्युलाई कानुनी रुपमा स्वीकृति दिएको ।

-इच्छामृत्युलाई कतिपयले हत्याको संज्ञा दिएका छन् भने कतिपयले यसलाई कानुनी रुपमा व्यक्तिलाई ससम्मान मृृत्यु हुन दिनुपर्ने तर्क राख्ने गरेका छन् ।

-इच्छामृत्यु पाउन सबैजसो मुलुकमा चिकित्सकले प्रमाणित गरेको कागज हुनुपर्ने अनिवार्यता रहेको ।

-चिकित्सकले बिरामीलाई असह्य पीडा भएको तथा बिरमी कुनै मानसिक रोगी नभएको प्रमाण्ति भएपछि मात्रद्द इच्छा मृत्युकालागि स्वीकृति दिने प्रावधान रहेको छ ।

८.अराधारण प्रतिभाका धनी प्रख्यात वैज्ञानिक स्टेफन हकिङ्को निधन कहिले भएको हो ?

-सन् २०१८ मार्च १४

(ब्रह्माण्डको व्याख्यामा आइन्सटाइनको सापेक्षता सिद्धान्त र क्वान्टम सिद्धान्त जोड्ने हकिङ् पहिलो वैज्ञानिक ।)

९. A Brief History of Time  नामक चर्चित कृतिका लेखक को हुन् ?

-स्टेफन हकिङ्

१०. राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुने उम्मेदवार को हुन् ?

-शशीकला दाहाल

(राष्ट्रिय सभा उपाध्यक्षमा बाम गठबन्धनकी उम्मेदवार शशीकला दाहाल विजयी भएकी । २०७४ चैत्र ४ मा सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बसेको राष्ट्रिय सभा बैठकले उनलाई विनयी घोषणा गरेको । मतदानमा कुल ५६ मत खसेकोमा ४५ मत प्राप्त गर्दै माओवादी केन्द्रकी सांसद दाहाल उपाध्यक्षमा विजयी भएकी । उनको प्रतिस्प्रधी नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य विन्दादेवी आले रानाले ११ मत प्राप्त गरेकी ।)

विषयगत प्रश्नोत्तर

१ं नेपालको संविधानमा रहेका संवैधानिक निकायको नाम उल्लेख गर्नुहोस् ।

नेपालको संविधानमा रहेका संवैधानिक निकायको नाम यस प्रकार छ :

१) अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२) महालेखा परीक्षक,
३) लोकसेवा आयोग,
४) निर्वाचन आयोग,
५) राष्ट्रिय मानवअधिकार आयोग,
६) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,
७) राष्ट्रिय महिला आयोग,
८) राष्ट्रिय दलित आयोग,
९) राष्ट्रिय समावशी आयोग ,
१०) आदिवासी जनजाति आयोग,
११) मधेसी आयोग,
१२) थारु आयोग,
१३) मुस्लिम आयोग ।

२. भ्रष्टाचार निवारण ऐन, २०५९ मा के कस्ता भ्रष्टाचारको कसुरमा सजाय हुने व्यवस्था छ? उल्लेख गर्नुहोस् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद द्द को दफा ३ देखि २४ सम्ममा निम्न अनुसारका भ्रष्टाचारको कसुरमा सजाय हुने व्यवस्था छ :

१. रिसवत लिने दिनेलाई सजाय
२. बिना मुल्य वा कम मुल्यमा वस्तु वा सेवा लिने राष्ट्रसेवकलाई सजाय
३.दान, दातव्य उपहार वा चन्दा लिनेलनई सजाय
४. कमिसन लिनेलाई सजाय
५. राजस्व चुहावट गर्ने राष्ट्रसेवकलाई सजाय
६. गैर कानुनी लाभ वा हानि पुर्याउने बदनियतले काम गर्नेलाई सजाय
७. गलत लिखत तयार गर्ने राष्ट्रसेवकलाई सजाय
८. गलत अनुवाद गर्नेलाई सजाय
९. सरकारी कागजात सच्याउनेलाई सजाय
१०.सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्नेलाई सजाय
११. प्रश्नपत्रको गोपनियता भङ्ग गर्ने वा परीक्षाको परिणाम फेरबदल गर्नेलाई सजाय
१२. गैर कानुनी व्यापार व्यवसाय गर्ने राष्ट्रसेवकलाई सजाय
१३. नपाएको ओहोदा पाएँ भन्नेलाई सजाय
१४.झुट्टा विवरण दिनेलाई सजाय
१५. सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्नेलाई सजाय
१६. गैर कानुनीदबाब दिनेलाई सजाय
१७. गलत प्रतिवेदन दिनेलाई सजाय
१८. गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको मानिने र सोमा सजाय
१९. भ्रष्टाचारको कसुर गर्न उद्याग गर्नेलाई सजाय
२०. मतियारलाई सजाय
२१. सङगठित संस्थाबाट भएको कसुरमा मुख्य भइ काम गर्नेले कसुर गरेको मानिने
२२. थप सजाय : संवैधानिक अङ्ग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्त हुने पदाधिकारी, नेपाल सरारका विशिष्ट श्रेणी वा सो सरहका पदाधिकारी, सार्वजनिक संस्थाका प्रमुख महाप्रबन्धक वा सो सरहका पदाधिकारीले उपरोक्त अन्तर्गतो कसुर गरेमा निजलाई त्यस्तो कसुर हुने सजायमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

३.सशस्त्र प्रहरी महानिरीक्षक पदमा केकसरी पदपुर्ति हुने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार सशस्त्र प्ररी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा नेपालसरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक मध्येबाट जेष्ठता र ार्यकुशलताका आधारमा उपयुक्त देखेको उम्मेदवारलाई बढुवा गरी पदपुर्ति गर्ने व्यवस्था छ । यहाँ कार्यकुशलता भन्नाले नेतृत्व क्षमता , आर्थिक अनुशासन, व्यवस्थापकीय एवम् रचनात्मक क्षमता, आफुभन्दा मुनिको सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमतालाई जनाउने व्यवस्था छ ।

४. नागरिक लगानी कोषको काम, कर्तव्यबारे चर्चा गर्नुोस् ।

नगरिक लगानी कोष ऐ, २०४७ ले नागरिक लगानी कोषको काम, कर्तव्यको व्यवस्था गरेको छ , जसलाई निम्नानुसार चर्चा गर्न सकिन्छ :
– एउटा ट्रस्टीका रुपमा बचतकर्तालाई दक्ष लगानी सेवा प्रदान गरी बढी प्रतिफल उपलब्ध गराउने उदेश्यले तोकिए बमोजिम विभिन्न प्रकृति र किसिमकमे नागरिक एकाङ्क योजना सञ्चालन गर्ने,
– स्वेच्छिक वा अनिवार्य लगानीकर्ता हिसाब योजना सञ्चालन गरी जम्मा भएको रककमलाई लगानीकर्ताको हित हुने गरी लगानी गर्ने,
– आफैं मात्र वा अन्य बैङ्क वा वित्तीय संस्थासँग मिली कोषले निर्धारण गरे बमोजिम विभिन्न सङ्गठित संस्थाको सेयरको प्रत्याभुति गर्ने,
– सङ्गठित संस्थालाई ब्रिज फाइनान्सिङको सुविधा वा सापटी प्रदान गर्ने,
– विभिन्न पैकारको धितापत्रमा लगानी र पुनर्लगानीको काम गरी धितो पत्रको स्वामिात्व ग्रहण गर्ने,
-सङ्गठित संस्थाकको वित्तीय व्यवस्था र बचत तथा लगानीका वैकल्पीक अवसरका बारेमा दक्ष परामर्श सेवा प्रदान गर्ने,
– धितो पत्र कारोबार ऐनको अधीनमा रही दलालका रुपमा कारोबार गर्ने ,
– सङ्गठित संस्थालाई धितोपत्र जारीगर्न प्रोत्साहित गर्ने तथा प्राथमिक निष्कासन र बिक्रि प्रबन्धका रुपमा आवस्यक सेवा प्रदान गर्ने
– धितो पत्र कारोबार ऐनको अधिनमा रही दलालका रुपमा कारोबार गर्ने ,
– सङ्गठित संस्थालाई धितोपत्र जारी गर्न प्रोत्साहित गर्ने तथा प्राथमिक निष्कासन र बिक्री प्रबन्धकका रुपमा आवश्यक सेवा प्रदान गर्ने,
– नगरिकलगानी कोषद्धारा सञ्चालित लगानीकर्ता हिसाब योजनामा सहभागी लगानीकर्तालाई धितोपत्र खरिद गर्न सापटी प्रदान गर्ने,
– नगरिक लगानीकोषले लगानी गरेको सङ्गठित संस्थाको गठन व्यवस्थापन तथा नियन्त्रण सम्बन्धी काममा भाग लिने, सघाउने,
– पुँजी बजार सम्बन्धी परामर्श सेवा प्रदान गर्ने, तत्सम्बन्धी तालिम सञ्चालन तथा अन्य कार्य गर्ने ,
– नेपाल राष्ट्रबैङ्कको स्वीकृति लिई विदेशी बैङक सँग बैङ्किङ कारोबार गर्ने,
– चल अचल वा अन्य कुनै सम्पत्तिको मोल एकमुष्ठ वा अनय कुनै सम्पत्तिको मोल एकमुष्ठ वा किस्ताबन्दीमा चुक्ता गरी वा उधारो वा अन्य कुनै प्रकारबाट खरिद गर्ने, प्राप्त गने, स्वामित्वमा लिने, भाडामा लिने र आफ्नो स्वामित्वमा रहेको चलअचल सम्पत्तिको बिक्री गर्ने, सट्टापट्टा गर्ने ।

साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस