६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेहुलीलाई दान गरेको सिन्दूर पोते फिर्ता

अ+ अ-

झापा । दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छन् ।

जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै बेहुलीको सिउँदो भरेर सिन्दूर दान गरेका बुद्धशान्ति गाउँपालिका–१ निवासी २९ वर्षीय राकेश रेग्मीले बेहुलीलाई दान गरेको सिन्दूर पोते आफैँले फिर्ता पाएका हुन् । गत फागुन २० गते सामाजिक परम्पराअनुसार बुद्धशान्ति गाउँपालिका–१ निवासी रेग्मीले सोही गाउँपालिका निवासी एक किशोरीसँग विवाह गरेका थिए ।

विवाह गरेको भोलिपल्टै आफूमा शारीरिक समस्या रहेको भन्दै बेहुली छाडेर भागेका राकेशलाई ती युवतीले आज सिन्दूर पोते फिर्ता दिएकी हुन् । उनले इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका राकेशलाई प्रहरी कार्यालयमै पुगेर लगाइदिएको सिन्दूर पोते फिर्ता दिएकी हुन् । युवतीले फिर्ता दिएको सिन्दूर पोते बुझ्दै राकेशले ती युवतीको उज्वल भविष्यको कामना गरे । उनले भने, ‘तिम्रो भविष्य सुन्दर भएको देख्न चाहन्छु ।’

विवाहको भोलिपल्टै बेहुली छाडेर बेपत्ता भएका राकेशलाई परिवारको सहयोगमा दुई दिनपछि प्रहरीले भारतबाट नेपाल ल्याएको थियो । शुरुमा आफूलाई अपहरण गरेर भारतको पटना पुर्याएको बताएका राकेशले पछि आफैँ आफूमा शारीरिक समस्या भएपछि घर छोडेर हिँडेको प्रहरीलाई बयान दिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

बेहुली छाडेर बेपत्ता बनेका राकेशले आफ्नी छोरीको भविष्य अन्योलमा पारेको भन्दै बेहुली पक्षले प्रहरीलाई खबर गरेका थिए । अपहरणमा परे भनिएका राकेशलाई प्रहरीले सकुशल फेला परेको र नाटक गरेको थाहा पाएपछि उनलाई अहिले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए ।

राकेशका बुबा लालप्रसाद रेग्मीले आफ्नै छोराको शारीरिक समस्याका कारण युवतीको भविष्य अन्योलमा परेको भन्दै उनको भरण, पोषण र शिक्षाका लागि ३५ लाख दिने सहमति जनाएका छन् । बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा आइतबार र सोमबार भएको बहसमा उनले यस्तो सहमति जनाएका थिए । मंगलबार भएको बहसमा बेहुलाले बेहुलीलाई उपहार दिएको सिन्दूर पोते फिर्ता गर्ने सहमति भएको र सहमतिअनुसार बेहुलीले बेहुलालाई सिन्दूर पोते फिर्ता दिएको बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिइन् ।

बेहुलाले दान गरेको सिन्दूर फिर्ता गर्न बेहुलीसहित उनकी आमा, काकी, सानिमा, सानाबा र गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष भुर्तेल, न्यायिक समिति सचिव अम्बिका अधिकारी, सदस्य मेनुका पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मनोरथ तिवारी लगायतको टोली इलाका प्रहरी कार्यालय धुलाबारी पुगेको थियो । रासस

प्रतिक्रिया दिनुहोस