२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा लुकिछिपी डाक्टरी गर्दै उत्तर कोरियाली

अ+ अ-

काठमाडौंः तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ । उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् ।

बिजनेस भिसामा काम गर्नु गैरकानुनी हो । अध्यागमन नियमावली २०५१ को दफा २० उपदफा २ मा बिजनेस भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा लिएको हो, त्यसबाहेक अन्य काम गर्न नपाउने उल्लेख छ ।

ने कोर्यो अस्पतालमा १० जना उत्तर कोरियालीले काम गर्दै आएका छन् । तीमध्ये ८ जना चिकित्सक हुन् । दुई जनाले प्रशासनिक काम गर्दै आएका छन् । उनीहरू कसैसँग पनि कामदार भिसा छैन । उनीहरू कसैले पनि मेडिकल काउन्सिल र श्रम विभागबाट समेत स्वीकृति लिएका छैनन् । सेफरमा कार्यरत डा। को पेक सानले मेडिकल काउन्सिलबाट अनुमति लिएका छन् तर श्रम स्वीकृति लिएका छैनन् ।

श्रम विभागका निर्देशक वरुणकुमार झाले श्रम स्वीकृतिबिना कुनै पनि विदेशी नागरिकले काम गर्न नपाउने बताए । ‘कुनै पनि उत्तर कोरियाली नागरिकले अहिलेसम्म श्रम स्वीकृति लिएका छैनन्,’ निर्देशक झाले भने, ‘वर्क पर्मिट नलिई कुनै विदेशीले काम गर्न पाउँदैनन् । उत्तर कोरियालीले श्रम स्वीकृति लिएको हाम्रो रेकर्डमा देखिँदैन ।’ आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस