३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने नौजना पक्राउ

अ+ अ-

पोखरा । सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलन मार्फत इमो तथा भाइबर कलमार्फत ठगी गर्ने दुई महिलासहित नौ जनालाई सार्वजनिक गरेको हो ।

२५ लाख चिट्ठा पर्यो तपार्इंका परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै विभिन्न जिल्लाका ८८ जनासँग एक करोड ३९ लाख ठगी गर्ने छुट्टाछुट्टै तीनवटा समूहलाई दुई लाख एक हजार नगदसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा निस्दी गाउँपालिका–७ ज्यामिरे पाल्पाका यामबहादुर मगर, नेत्रवती गाउँपालिकाका ठाकुर गुरुङ, २८ वर्षीय गणेश गुरुङ, मनोज तामाङ, खनियाबास गाउँपालिकाका टेकबहादुर तामाङ, जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी कामनी तिवारी र योगेन्द्र तिवारी पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीको लामो समयको सक्रियतामा पक्राउ परेको उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सो अवसरमा प्रहरी उपरीक्षक सिंहले बताए । रासस

प्रतिक्रिया दिनुहोस