५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन मुलुक समृद्धिको आधार हो : मन्त्री बस्नेत

अ+ अ-

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रलाई उचित सदुपयोग गरेर मुलुक समृद्धिको प्रमुख आधार बनाउन सकिने बताएका छन् ।

सञ्चारकर्मीसँग आज पुल्चोकस्थित आफ्नो सरकारी निवासमा छलफल गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि वन क्षेत्रमा व्यापक र अपार सम्भावना रहेको धारणा व्यक्त गरे।

मन्त्री बस्नेतले भने, ‘वन क्षेत्रमा अपार सम्भावनाका साथै संरक्षण र उपयोगलाई सँगै कसरी लैजाने भन्ने चुनौती पनि छ, यसमा सुशासन अनिवार्य शर्त हुनुपर्छ ।’ वन क्षेत्रमा थोरै लगानीमा उचित व्यवस्थापन गर्न सके जनताका आवश्यकता पूर्ति, रोजगारी सिर्जना, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने उनको विश्वास थियो ।

‘वन क्षेत्रको उचित सदुपयोग र व्यवस्थापन गरेर मुलुकमा विदेशी काठको आयात विस्थापनका साथै काठको निर्यातसमेत गर्न सकिन्छ’, उनले भने । मन्त्री बस्नेतले मुलुक संघीय संरचनामा गइसकेको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तीनै तहमा वन क्षेत्रको व्यवस्थापनका लागि नीतिगत र संरचनागत पुनःसंरचनाको अवश्यकता औँल्याए ।

उनले वन मन्त्रालयमा वातावरण मन्त्रालय पनि पूरक भएर जोडिएकाले आगामी दिनमा दुवै विषयका कामलाई प्रभावकारी कार्यान्वयनमा लैजान कार्ययोजना बनाई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री नियुक्त भएलगत्तै वन तथा वातावरण क्षेत्रका सबै सरकारी निकाय र सरोकारवाला विज्ञसँगको चरणबद्ध छलफलमा जुटेका मन्त्री बस्नेतले यस क्षेत्रको जानकारीपछि कार्यान्वयनमा अघि बढ्ने अवगत गराए । रासस

प्रतिक्रिया दिनुहोस