२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय पुनः निर्माण अभियानमा ५० लाख संकलन

अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयको पुनःनिर्माण अभियान सञ्चालन गरिएको छ । स्थापनाको ५० औँ वर्ष पूरा भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीले विद्यालय भवन पुनः निर्माणका लागि आर्थिक संकलन गर्न लागेका हुन् ।

आगामी वैशाख १ र २ गते बेगमा बृहत् समारोहबीच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका बेगखोलावासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान सञ्चालन गरिएको मूल समारोह समितिका सचिव नक्कु (नगेन्द्र) पुर्जाले बताए । उनका अनुसार अहिलेसम्म बेलायत, हङकङ, कोरिया, जापान, पोर्चुगल, कतार लगायतका मुलुकमा रहेका बेगखोलावासीबाट करीव ५० लाख आर्थिक संकलन भएको छ । बेलायतमा ३० लाखभन्दा बढी र हङकङमा १२ लाखभन्दा बढी आर्थिक संकलन भइसकेको विद्यालयका पूर्वविद्यार्थी समेत रहेका सचिव पुर्जाले जानकारी दिए ।

अभियानका क्रममा विभिन्न मुलुक र क्षेत्रमा रहेका बेगखोलावासीबाट एक करोड ५० लाख संकलन गर्ने र तीन वर्षको अवधिमा विद्यालयको पुनःनिर्माण गर्ने योजना रहेको अभियन्ताको भनाइ छ । तत्कालीन अवस्थामा रूखको बोटमुनि बाट पठनपाठन शुरु भएको उक्त विद्यालयलाई २०२५ सालदेखि सरकारले कक्षा ७ सम्म पठनपाठन हुने गरी निमाविको मान्यता दिएको थियो । यस विद्यालयबाट २०५७ सालमा पहिलो पटक कक्षा १० बाट तत्कालीन एसएलसी परीक्षामा विद्यार्थी सामेल भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस