२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमन्त्री पासवानको उपचार खर्चको साढे ४३ लाख निकासा, पाउरोटी खाएदेखि भारु साटेकोसम्म

अ+ अ-

काठमाडौं । पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ ।

स्वास्थ्य मन्त्रालयले औषधोपचारबाहेकको बिल समावेश नगराएपछि अर्थले ३० लाख कटौती गरेर आइतबार रकम निकासा गरेको हो ।

‘पासवानले हामीलाई तनाव दिएका थिए । हामीले अन्तिममा उनले उपलब्ध गराएको अस्पताल र औषधिको बिलका आधारमा मात्रै पैसा निकासा गर्न अर्थमा पठायौँ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

ती अधिकारीका अनुसार पासवानले ७३ लाखकै बिल बनाउन अन्तिमसम्म दबाब दिइरहेका थिए ।

२६ असार ०७४ को निर्णयानुसार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानलाई प्रचलित ऐन–नियमको परिधिभित्र रही उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन ४३ लाख ४१ हजार पाँच सय ५२ रुपैयाँ रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सो निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगन्ज र भारतको मेदान्त अस्पतालमा उपचार गर्दा ७३ लाख खर्च भएको जनाउँदै तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा निवेदनसहित बिल पेस गरेका थिए ।

पासवानले औषधोपचार खर्चबाहेक भारतमा गएर पाउरोटी खाएको, कालोबजारमा भारतीय रुपैयाँ साटेको कमिसन पनि सरकारसँग माग गरेपछि स्वास्थ्य मन्त्रालयले अर्थमा पत्र नपठाई ढिलाइ गरेको थियो ।

अन्तिममा लागेको खर्चबाहेकको २९ लाख ९० हजार ४ सय ४८ रुपैयाँ कटाएर निकासा भएको छ ।

यस्ता थिए बिलका शीर्षक
भारतीय रुपैयाँ सटही १५ लाख २ हजार ९ सय ९४ । तर, बैंकमा पैसा नपाएकाले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन तिर्नुपरेकाले सो पैसा पनि सरकारले दिनुपर्ने उनको मागदाबी थियो ।

होटेलमा बसेको, पाउरोटी र चिया खाएको खर्च १८ लाख ७३ हजार ६ सय ।

यातायात खर्च ८ लाख ९१ हजार ५७

काठमाडौंको शिक्षण अस्पतालमा उपचार ७ लाख १६ हजार

भारतको मेदान्त अस्पतालमा उपचार २३ लाख ४८ हजार ४ सय २८

आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस