५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाडामा बस्नेको गुनासो घरधनीले सुने

अ+ अ-

म्याग्दी । घरबेटी र भाडामा बस्नेका बीच सधैँ विवाद भएको समाचार सुनिन्छ । घरमा भाडा तिरेर व्यवसाय गर्ने र कोठामा बस्नेहरु घरबेटीको हेपाहा प्रवृत्तिले आजित भएका हुन्छन् ।

चर्को भाडा, घरभित्रका सेवासुविधाका प्रयोगमा समेत घरधनीको सिण्डिकेटलगायतका कारणले सधैँ गुनासो गर्ने भाडा व्यवसायीको समस्यालाई समाधान गर्न म्याग्दीको सदरमुकाम बेनीमा नौलो अभ्यासको थालनी गरिएको छ ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनीको एउटा टोलमा भाडामा बस्न आउनेलाई स्वागत तथा छोडेर जानेलाई बिदाइ गर्ने गरिन्छ । वीरेन्द्रचोक टोल सुधार समितिले सार्वजनिक रुपमै कार्यक्रम गरी भाडामा बस्नेको गुनासो सुन्ने गर्छ । घरधनी र भाडावालाको सम्बन्ध बलियो बनाउन भाडामा बस्न आउनेलाई सम्मानसहित स्वागत र घर छोडेर जानेलाई बिदाइ गर्ने गरिन्छ ।

जिल्लाकै प्रमुख प्रशासनिक केन्द्रसमेत रहेको वीरेन्द्रचोकवासीले घरधनी र भाडावालाबीच नङ र मासुजस्तै सम्बन्ध हुनुपर्छ भन्दै शनिबार एक कार्यक्रम गरी भब्य स्वागत तथा बिदाइ गरेका छन् । टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ, जेष्ठ नागरिक रुपादेवी खत्री, समितिका उपाध्यक्ष पूर्णबहादुर कार्कीलगायतले फूलमाला लगाएर स्वागत तथा बिदाइ गरेका थिए ।

कार्यक्रममा मयुर रेक्छोना कस्मेटिक गिफ्ट हाउसका एलिना कार्की, दिदीबहिनी टेलरिङका हिमा र उमकला थापा, अर्जुन सपिङ सेन्टरका अर्जुन र करण कुँवर र पेन्ट व्यवसायी रन्जितकुमार यादवलाई स्वागत गरिएको थियो भने रोजगारको सिलसिलामा दक्षिण कोरिया जान लागेका दिनेश कटुवाल क्षेत्री र बेनीबजारकै न्यूरोडमा व्यवसाय स्थानान्तरण गरेका दिनेश कुँवरलाई बिदाइ गरिएको थियो ।

बेनी नगरपालिकाभित्रका टोल सुधार समितिमा नमूना मानिएको वीरेन्द्रचोक टोल सुधार समितिले प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीशलगायतका जिल्लामा आउने र सरुवा भएर जाने टोलभित्रका सरकारी कार्यालयका प्रमुखलाई समेत सम्मान गर्दै आइरहेको छ ।

सार्वजनिक खानेपानीको सुविधा, दैनिक सरसफाइ, एकघर एक डस्टबिन, तीव्रगतिमा गुड्ने सवारी साधनबाट दुर्घटनाको सम्भावना रहेकाले ट्राफिक कार्यालयसँग सहकार्य गरी गति नियन्त्रण बोर्ड, चोकमा सडक बत्ती जडान, ढल मर्मत तथा सरसफाइका साथै विभिन्न कार्यमा आर्थिक संकलन गर्ने गरेको छ ।

टोल सुधार समितिको कोषमा रु तीन लाख बचत रहेको छ । जिल्लाकै सफा र सुन्दर टोल बनाउने अभियानमा एक घरले एक डष्टबिन सहयोग गर्नुका साथै हरेक महिना सडक बत्तीको बिलसमेत भुक्तान गर्ने गरिएको छ ।

टोलबासीबीचको सहकार्यले अन्य टोललाई समेत सिक्ने अवसर मिलेको समितिकी कोषाध्यक्ष पुष्पा पुनले बताउनुभयो । वीरेन्द्रचोकलाई बेनी नगरपालिकाले नमूना टोलका रुपमा सम्मानसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस