२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र र रेडियो नेपालबीच किचलो

अ+ अ-

ललितपुर । भाडाको विषयलाई लिएर सशस्त्र प्रहरी बल तथा रेडियो नेपालबीच मनमुटाव भएको छ। ललितपुर महानगरपालिको खुमलटार–१५ स्थित रेडियो नेपालको जग्गा सशस्त्र प्रहरी बलको दक्षिणकाली गणले ०६९ साल असारदेखि भाडामा लिए पनि पाँच वर्षयताको करोडौं रुपैयाँ बराबर भाडा दिन आनाकानी भइरहेको हो।

रेडियो नेपालका सूचना अधिकारी बुद्धिबहादुर केसीले पाँच वर्षदेखिको भाडा नपाएको बताए। गणले २५ रोपनी जग्गा भाडामा लिएको छ। केसीका अनुसार दुई निकायबीच प्रतिरोपनी जग्गाको भाडा मासिक २३ हजार सात सय ५० रुपैयाँ दिने र वार्षिक १० प्रतिशतका दरले भाडा वृद्धि हुने सम्झौता भएको थियो। यद्यपि, हालसम्म कुनै पनि रकम उपलब्ध नभएको उनको भनाइ छ।

‘सम्झौता गरेको भन्दा सशस्त्रले थप २० रोपनी बढी जग्गा उपभोग गरिरहेको छ,’ उनले भने। सशस्त्र प्रहरीका प्रवक्ता बाबुराम पाण्डेले भाडा सम्झौताको कागजात नै आफूले नभेटेको प्रतिक्रिया दिए। नेपाल सरकारको नामको जग्गामा रेडियो नेपाल मोही मात्रै भएको जानकारी आफूलाई प्राप्त भएको प्रवक्ता पाण्डेले बताए।

सरकारको एउटा निकायले अर्कोलाई भाडा तिर्न नमिल्ने तर्क गर्दै उनले भाडा रकमका लागि अर्थ मन्त्रालयबाट बजेट निकासा नभएको बताए।

सशस्त्रले उपभोग गरिरहेको जग्गा आफ्नो स्वामित्वमा हस्तान्तरण गर्न पत्राचार गरिएको जानकारी पनि पाण्डेले दिए। सशस्त्रले ४५ रोपनी जग्गा आफ्नो नामामा बनाउन खोजेको पनि बताए। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस