गाईघाट । त्रियुगा नगरपालिका ११ गाईघाट बजारस्थित उदयपुर बोर्डिङ स्कुलमा अध्ययनरत एक छात्रको हृदयाघातका कारण आज मृत्यु भएको छ । उनी यही चैत ८ गतेदेखि हुने एसइई परीक्षाको तयारी गरिरहेका थिए ।
बिहानै घरबाट परीक्षाको तयारीका लागि ट्युशन पढ्न साइकलबाट स्कुल आउँदै गरेका त्रियुगा नगरपालिका ९ गैरुनका १७ वर्षीय रोशन दनुवारको बेहोस भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए ।
दनुवारलाई साथी तथा स्थानीयवासीले तत्कालै उपचारका लागि जिल्ला अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दैनिक बिहान बेलुकी घरबाट विद्यालयमा हतारमा जानुुपर्ने बाध्यताका कारण हृदयाघात भएको हुनसक्ने जनाइएको छ ।रासस