२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि हातपात

अ+ अ-

बैतडी । बैतडीमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाले आज हातपात गरेका छन् ।

जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका वडा नं ४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै केही स्थानीयवासीले स्वास्थ्यचौकी इन्चार्ज, वडाध्यक्ष र गाउँपालिकाका नायब सुब्बामाथि हातपात गरेका हुन् ।

निर्देशिकाअनुसार गठन गरेको समिति नमान्ने भन्दै उनीहरुले माइन्यूटसमेत च्यातेको उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज शिवकुमार कठरियाले जानकारी दिए । बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर महतासहित तीन, चारजनाले माइन्यूट च्यातेर आफूहरुमाथि हातपात गरेको शिवनाथ गाउँपालिका नायब सुब्बा वीरसिंह महताले जानकारी दिए ।

उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज शिवकुमार कठरिया, वडा नं ४ का वडाध्यक्ष लक्ष्मणसिंह महता र शिवनाथ गाउँपालिकाका नायब सुब्बा वीरसिंह महतामाथि हातपात भएको हो । उनले भने , “आफूहरुमाथि हातपात भएपछि गाउँमा काम गर्नै समस्या भएको छ ।”

निर्देशिका अनुसार वडास्तरमा रहेका स्वास्थ्यचौकीको व्यवस्थापन समिति सम्बन्धित वडाको वडा अध्यक्षको अध्यक्षतामा गाउँपालिका अध्यक्ष संरक्षक रहने गरी समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ । हातपात गर्ने समूहले आफूहरुले निर्देशिका नमान्ने बताएको स्वास्थ्यचौकी इन्चार्ज कठरियाले जानकारी दिए । यता बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर महताले आफूहरुले कसैमाथि हातपात नगरेको दाबी गरे। आफूहरुले प्रक्रियागत हिसाबले बैठक बसालेर समिति गठन गर्न आग्रह गरेको तर उनीहरुले नमानेको र स्वास्थ्यचौकीका अहेव देवराज न्यौपानेले माइन्यूट च्यातेको आरोप उनले लगाए ।

उपभोक्ता समितिका पदाधिकारीहरुको तालीममै स्वास्थ्य व्यवस्थापन समिति गठन गर्न लागेकाले आफूहरुले असहमति जनाएको तर हातपात गरेको आरोप झुठा भएको वडा सदस्य टीकाराम कोलीले जानकारी दिए । यसबारे प्रहरीलाई बुझ्दा अहिलेसम्म हातपात भएकोबारे कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस