काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त भएका छन्। न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुलीलाई अवकाश भइसकेको पत्र प्रदान गरेको छ ।
परिषदका तर्फबाट पराजुलीलाई बुझाइएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ ।
न्याय परिषद सचिवालयले काटेको पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । परिषद्को सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख गरिएको छ ।