५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवश्यक कानूनको अभावमा जनप्रतिनिधि अन्योलमा

अ+ अ-

पोखरा । निर्वाचित भएको १० महिना बितिसक्दा पनि आवश्यक कानूनको अभावमा स्थानीय सरकारको नेतृत्वमा रहेका जनप्रतिनिधि यतिखेर अन्योलमा छन् ।

स्थानीय सरकार सञ्चालनका लागि संवैधानिक रुपमा अधिकार किटान गरिएकोमा त्यसको उपयोगका लागि कानून आवश्यक भए पनि त्यो बन्न नसक्दा जनप्रतिनिधिलाई समस्या भएको हो ।

कानून बन्न नसक्दा अपेक्षा गरेअनुरुप जनताका आकांक्षा पूरा गर्न नसकिएको माछापुच्छ्र्रे गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले बताए ।

‘हामी कानूनका जानकार होइनौँ, गाउँपालिकामा कानूनविज्ञको दरबन्दीसमेत छैन,’ उनले भने, ‘आवश्यक कानून निर्माणमा सहयोग लिनका लागि राष्ट्रिय पत्रिकामा कानूनविज्ञ आवश्यक भएको भनी विज्ञापन गर्दा पनि कोही सम्पर्कमा आएनन् ।’

संविधानको अनुसूची–८ मा स्थानीय तहको २२ वटा अधिकारको सूची उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा प्रत्येक अधिकारको कार्यान्वयनका लागि स्थानीय नीति, कानून एवं मापदण्ड बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार कानून नहुँदा भोग्नुपरेका कठिनाइका बाबजुद पनि स्थानीय आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी विकास निर्माणका कामलाई भने अघि बढाइएको छ ।

सडक पूर्वाधार यहाँको प्रमुख समस्याका रुपमा रहेका कारण चालू आवमा सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए । गाउँपालिकाले प्रदेशको केन्द्रबाट गाउँपालिका केन्द्र पुग्ने बाटोलाई पहिलो प्राथमिकतामा राखेको छ ।

त्यस्तै गाउँपालिकाबाट प्रत्येक वडा केन्द्र, वडा केन्द्रबाट वस्ती र वडा केन्द्रबाट प्रदेश केन्द्र पुग्ने गरी बाटो निर्माणलाई क्रमशः प्राथमिकतामा राखेको छ । गाउँपालिकालाई पर्यटकीय रुपमा विकास गर्न गुरुयोजना निर्माणको तयारी गरिएको अध्यक्ष गुरुङले बताए ।

विश्वमा नै ख्याति कमाएको माछापुच्छ्र्रे हिमाल यही गाउँपालिकामा पर्दछ । गाउँपालिकाको आयआर्जनको महत्वपूर्ण स्रोत बन्न सक्ने भए पनि यो त्यस रुपमा उपयोग हुन सकेको छैन ।

चालू आवका लागि लगभग ३० करोड विनियोजन गरेको माछापुच्छ्र्रे गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन् । ‘कूल बजेटमध्ये रु १२ करोड ७१ लाख शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विनियोजन गरिएको छ,’ उनले भनिन्, ‘करिब १७ करोड विकास निर्माण एवं कृषि, पशुपालन, महिला तथा बालबालिकाका क्षेत्रमा विनियोजन गरिएको छ ।’

गाउँपालिकाभित्र आवश्यकताका आधारमा सडक निर्माणका साथै आगामी दुई वर्षभित्रमा एक घर/एक धारा अभियानलाई साकार पार्ने योजनाका साथ काम भइरहेको उनले बताइन् ।

आवश्यक कानूनको अभाव नै गाउँपालिकाको कामका लागि प्रमुख समस्याका रुपमा देखिएको बताउँदै उनले गाउँपालिकाको न्यायिक समितिका काममा पनि कानूनी सल्लाह अपरिहार्य भएको बताइन् ।

न्यायिकरुपमा आउने समस्या सकेसम्म वडास्तरमा नै मिलाउने गरिएको बताउँदै उनले श्रीमान्श्री/मतीका झगडाका समस्या धेरै आउने गरेको जानकारी दिइन् ।

कानून निर्माणका लागि कानूनी सल्लाह दिने व्यक्तिको व्यवस्था हुनु अपरिहार्य भएको उनको भनाइ छ ।माछापुच्छ्र्रे गाउँपालिका पर्यटन, जलस्रोत एवं कृषिको धेरै सम्भावनायुक्त क्षेत्र भएको नेपाली कांग्रेस कास्कीका सदस्य विष्णुबहादुर क्षेत्रीले बताए ।

यस गाउँपालिकामा घरबास पर्यटन र पदयात्रा पर्यटनको उच्च सम्भावना छ, उनले भने, ‘धम्पुसबाट पोथना, टोल्का हुँदै लान्द्रुक र त्यहाँबाट अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा मार्ग यहाँको अत्यन्त चर्चित पदमार्ग हो ।’

धम्पुसबाट पित्तम देउराली हुँदै मर्दी हिमाल पुग्ने अर्को पदमार्ग पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ । स्थानीय साधनस्रोतको उपयोगका माध्यमबाट पनि गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताउँदै उनले यहाँ पाइने दुर्लभ जडीबुटीका साथै मर्दी र सेती नदीबाट जलविद्युत् उत्पादन गरी गाउँपालिकालाई आर्थिकरुपमा समृद्ध बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस