काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
एमाले र माओवादीबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ। राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना प्रमुख दाबेदार रहेका छन्।
राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसले भने उम्मेद्वारी नदिने निर्णय गरेको छ । आउँदो फागुन ३० गते राष्ट्रियसभा अध्यक्षको चुनाव हुनेछ ।