काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाएका छन् । संसदको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै जनताको सेवक हुन चाहेको बताए ।
उनले आफु प्रधामन्त्री हुनका लागि मात्र नभएर देशमा परिवर्तन गर्न प्रधानमन्त्री भएको बताए । उनले आफ्नो सरकारले जनतालाई सुशासनको प्रत्याभूति गराउने बताए ।
विपक्षी कांग्रेसलाई संकेत गर्दै ओलीले आफू विश्वासको मत लिएर दमनकारी शासक हुन नखोजेको बताए ।