काठमाडौं । २५ र २६ गते नेपाल बन्द भन्दै हिँडेका पूर्व जनमुक्ति सेनाका लडाकू रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीले काठमाडौंको न्युरोडबाट बिहीबार पक्राउ गरेको हो ।
परिसर प्रमुख एसएसपी विश्वरराज पोखरेलले उनले उनले २५ र २६ गते नेपाल बन्दै समाजमा आतंक फैलाएको आरोपमा पक्राउ गरिएको जनाए ।
उनलाई परिसर टेकुमा राखिएको छ । उनीमाथि थप अनुसन्धान थालिएको छ ।