२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र चीनको सेनास्तरमा सम्बन्ध विस्तार हुनुपर्नेमा रक्षामन्त्रीको जोड

अ+ अ-

काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चीनको सेनास्तरमा पनि पारस्परिक सम्बन्ध विकास हुनुपर्नेमा जोड दिएका छन् ।

शिष्टाचार भेटका लागि आज सिंहदरबार आएका नेपालस्थित जनवादी गणतन्त्र चीनका राजदूत यु होङसँग रक्षामन्त्री पोखरेलले दुई देशको सम्बन्ध र सहयोग अभिवृद्धिबारे छलफल गर्ने क्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।

मन्त्री पोखरेलले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै आपसी सम्बन्धको विस्तार नेपाली सेना र चिनियाँ सेना स्तरमा समेत विकसित हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले दुवै राष्ट्रको हितसँग सम्बन्धित सूचना आदान प्रदानलगायत नेपालको विकासको निमित्त यस अघि भएका पूर्व सम्झौताहरु कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।

रक्षामन्त्री पोखरेलले राजदूत होङलाई नेपालको पूर्वाधार विकासका लागि चीनको निरन्तर सहयोग अपेक्षित रहेको र नवगठित सरकारले मित्रराष्ट्र चीनसँग आपसी सहयोग र सम्बन्ध थप विकास र विस्तार गर्न चाहेको स्पष्ट गरेका थिए ।

भेटमा मन्त्री पोखरेललाई बधाई दिँदै राजदूत होङले नयाँ सरकारको कार्यकालमा चीनसँगको मित्रवत् सम्बन्ध अझ प्रगाढ हुने तथा दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको मन्त्रालयका प्रवक्ता ऋषि राजण्डारीले जानकारी दिएका छन् ।

राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध आगामी दिन थप प्रगाढ हुनाका साथै पारस्परिक सहयोग पनि अभिवृद्धि हुने विश्वास व्यक्त गरेकी थिइन् ।

भेटका अवसरमा मन्त्रालयका सचिव विनोद केसी, उच्च सैनिक अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस