२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाबाट लागु औषधसहित तीन पक्राउ

अ+ अ-

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले उपत्यकाबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

परिसर अन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाले भारतको रक्सौल हुँदै विभिन्न नाकाबाट काठमाडौँ भित्रिएको पाँच हजार ४ सय ९ थान लागूऔषध मंगलबार दिउँसो बरामद गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी कामपा–२१ जैसीदेवलमा एम्बुस राखी जाँच गर्ने क्रममा सुनिल घिमिरेको साथबाट डाइजेल्याव २ सय ३ थान, फेनार्गन २ सय ३ थान र नुर्फिन २ सय ३ थान बरामद गरेको जानकारी दिएको छ ।

घिमिरेमाथिको अनुसन्धानको सिलसिलामा विगू रायभर र महम्मद रियाजुद्दीन समेत पक्राउ परेका छन् । घिमिरे र रायभर नेपाली तथा रियाजुद्दीन भारतीय रहेको प्रहरीले जानकारी दिएको छ ।

परिसरका प्रमुख विश्वराज पोखरेलले भारतको नाकाबाट भारतीयको संलग्नतामा लागूऔषध बस र सुमोबाट काठमाडौँमा भित्रिने गरेको जानकारी दिए। “यो घटनाले काठमाडौँमा धेरै युवायुवती लागुऔषधको लतमा फँसेको देखिन्छ”–उनले भने ।

रायभर र रियाजुद्दीनले भारतबाट निश्चित रकम लिएर लागुऔषध नेपालमा ल्याउने र घिमिरेले नेपालमा बसेर बेच्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । बरामद गरिएको लागुऔषधको मूल्य रु १९ लाखदेखि २३ लाख पर्ने परिसरले जनाएको छ ।

यसैबीच, आजै महानगरीय प्रहरी प्रभाग नागढुंगाले समेत लागूऔषध बरामद गरेको छ ।

प्रभागका प्रमुख केशव भट्टका अनुसार रौतहटबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ४४६३ नं को यात्रुबाहक बसको जाँच गरी लागुऔषधसहित भारतका अनुरुपकुमार महतोलाई पक्राउ गरिएको छ ।

महतोबाट प्रहरीले नुर्फिन ४ सय ९२ एम्पुल, फेनार्गन ५ सय एम्पुल र डाइजेल्याव ५ सय एम्पुल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस